Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ट्र्याक्टर र मोटरसाइकल आपसमा ठोक्किदा २ जनाको मृत्यु


    आइतबार, माघ १८ २०७७
    755
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • कैलाली । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको पहलमानपुर सडकखण्डमा गए राति ट्र्याक्टर र मोटरसाइकल आपसमा ठोक्किएर भएको दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ।

    पश्चिमबाट पूर्वतर्फ गइरहेको म १ त ५४२ नंको ट्र्याक्टर र सोही दिशातर्फ गइरहेको बा१प ४०४ नंको मोटरसाइकल आपसमा ठोक्किएर भएको दुर्घटनामा मोटरसाइकलमा सवार कैलालीको घोडाघाडी नगरपालिका–१० पहलमानपुरका २३ वर्षीय गोविन्द बुढा र १८ वर्षीय मानबहादुर बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रतीक विष्टले बताए।

    दुर्घटनामा घाइते दुवैको घोडाघोडी अस्पतालमा उपचारका क्रममा गए राति मृत्यु भएको हो। ट्रयाक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार