Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • १ सय ९ जनामा कोरोना पुष्टि


    शनिबार, माघ १७ २०७७
    735
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३ सय ५० संक्रमित निको भएका छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार कूल संक्रमितको संख्या २ लाख ७० हजार ८५४ पुगेको छ।

    कूल संक्रमितमध्ये २ लाख ६६ हजार ४८ जना निको भइसकेका मन्त्रालयले जनाएको छ।

    देशभर सक्रिय संक्रमितको संख्या २ हजार ७७९ रहेको मन्त्रालयले जनाएको छ।

    कोरोनाका कारण थप २ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ। यससँगै मृत्यु हुनेको कूल संख्या २ हजार २७ पुगेको मन्त्रालयले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार