काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने थुनामा पर्नुमा सरकारको कुनै हात नरहेको बताएका छन् । कैलालीमा मंगलबार रानीजमरा कुलरिया सिँचाइ आयोजना उदघाटन कार्यक्रममा बोल्दै उनले लामिछानेमाथि सरकारले प्रतिशोध लिएको भन्ने आरोप निराधार रहेको दाबी गरेका छन् ।
‘अपराध गरेर सरकारलाई गाली गर्नेहरु सरकार अदालत होइन । अदालतले थुन्छ वा छोड्छ, त्यो सरकारको हातमा हुँदैन । ठगी गरेपछि अदालतले थुन्छ, गलत काम गर्दा आँखा नदेख्ने, अनि पछि प्रतिशोध भन्ने ?’ ओलीले भने ।
सहकारी ठगी प्रकरणमा रुपन्देही कारागारमा थुनामा रहेका लामिछानेप्रति संकेत गर्दैै ओलीले भने आफूले कुनै प्रतिशोध राखेको छैन । ‘मैले नै रविलाई गृहमन्त्री बनाएँ, राजनीतिमा ल्याएँ । कस्तो प्रतिशोध ?’
रास्वपाले लामिछानेको पक्षमा चलाएको हस्ताक्षर अभियानप्रति टिप्पणी गर्दै उनले भने भने–‘असभ्य ढङ्गले बोल्ने, तथाकथित हस्ताक्षर अभियान मलाई त डर लाग्छ, कतै तीन करोड नाघ्ला कि ! हस्ताक्षर कीर्ते हो, दुई–चार जनाले सही गरेर लाखौँ भन्छन् ।’
रवि लामिछानेले दिएको काठमाडौंको जेलमा सार्ने निवेदनलाई पनि अस्वीकार गर्र्दैआएको छ ।
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने र चलाउने नेतृत्व ९हात० असल हुनुपर्ने बताएका छन्। १२औँ संविधान दिवस (२०८३)को अवसरमा...
धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ ९साविक रमदैया भवाडी गा.वि.स. वडा नं १,५ र ९० का २४२ परिवारले नापजाँच सम्पन्न भएको करिब ९ वर्षपछि जग्गाधनी...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधान कुनै देशको अक्षरहरूको संगालो मात्रै नभई राज्य र नागरिकबीचको पवित्र करार भएको बताएका छन्। संविधान दिवसका...
काठमाडौँ। सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठलाई नियुक्त गरेको छ। आज (शुक्रबार)बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो। यसअघि उनले...
काठमाडौँ। सरकारले शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले बैठकले गरेका प्रमुख निर्णयबारे जानकारी दिएका हुन्। प्रधानमन्त्री तथा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend