Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चीनमा शुक्रबार पनि कोरोनाका नयाँ सङ्क्रमित भेटिए


    शनिबार, माघ १७ २०७७
    745
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • बेइजिङ । चीनमा शुक्रबार पनि कोरोना भाइरसका नयाँ संक्रमतिहरु भेटिएको समाचारमा जनाइएको छ । चीनका स्वास्थ्य अधिकारीहरुले शुक्रबार पनि चीनका विभिन्न सहरमा गरेर ५२ जना नयाँ सङ्क्रमितहरु भेटिएको जानकारी गराएका छन् । चीनभित्रै पनि सङ्क्रमणका नयाँ घटना भएका ती अधिकारीहरुले जनाएका छन् ।

    उनीहरुकाअनुसार शुक्रबार मात्र चीनमा कोरोना भाइरसका ५२ जना नयाँ सङ्क्रमित देखिएका र तीमध्ये ३६ जना चीन भित्रै संक्रमित भएका पाइएको छ ।चीनमा भेटिएका ती ५२ जनामध्ये १६ जना विदेशबाट आएका नागरिक रहेका ती अधिकारीले जानकारी दिए ।

    चीनको नेशनल हेल्थ कमिसनले शनिबार सो जानकारी दिएको समाचारमा जनाइएको छ । यहाँका स्थानीय नागरिकहरुबाटै अहिले सङ्क्रमण सर्न थालेकोले चिन्ताको विषय भएको ती स्वास्थ्य अधिकारीले जनाएका छन् ।

    सोही कारणले चीनले पछिल्लो समयमा कोरोनाको परीक्षणलाई तिब्रता दिएको जनाएको छ । साथै चीनले कोरोनाबाट निको भएका नागरिकहरुको पुनः स्वास्थ्य जाँच सुरु गरेको छ ।शुक्रबार भेटिएका स्वदेशी संक्रमितहरुमध्ये उत्तरी चीनको हुबे प्रान्तका धेरै नागरिक रहेका पाइएका हुन् ।

    यसबाट सो क्षेत्रमा पछिल्लो समयमा स्थानीय स्तरमा कोरोना सङ्क्रमण बढेको पाइएको बताइएको छ । चीनका हेलिङजाङ, हेइबेइलगायतका स्थानमा पनि नयाँ सङ्क्रमित भेटिन थालेका बताइएको छ । शुक्रबार भेटिएकामा हेबेइका अतिरिक्त सांघाइ र बेइजिङमा पनि संक्रमित भेटिएका छन् ।

    सोही कारण चीनले विशेषगरी ती क्षेत्रहरुमा निको भएका बिरामीमाथि पनि नजर राख्न र पुनः स्वास्थ्य परीक्षण गर्ने काम केही महिना यतादेखि नै थालेको हो । एजेन्सी 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार