Nepal Face
  • शनिबार, ३ असोज २०८३
  • नाउपा अध्यक्ष श्रेष्ठलाई २४ घन्टाभित्र बैठक बोलाउन अल्टिमेटम


    शुक्रबार, साउन ९ २०८२
    620
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का केन्द्रीय सदस्यहरूले २४ घन्टाभित्र केन्द्रीय समितिको बैठक बोलाउन अध्यक्ष रञ्जिता श्रेष्ठलाई अल्टिमेटम दिएका छन्।

    शुक्रबार मध्यबानेश्वरमा बसेको नाउपा केन्द्रीय समितिको बैठकले अध्यक्ष श्रेष्ठलाई २४ घन्टाभित्र बैठक बोलाउन माग गरेको हो। २४ घन्टाभित्र बैठक नबोलाइए साउन ११ गते दिउँसो १ बजे केन्द्रीय समिति बैठक बस्ने र आवश्यक निर्णय गर्ने बैठकले चेतावनी पन दिएको छ।

    पार्टीको केन्द्रीय कमिटीको बैठक आह्वान गरी पार्टीलाई गतिशील बनाउनका निमित्त अगाडि बढौं र त्यसको लागि पाटीको केन्द्रीय कमिटिको बैठक बोलाउन अध्यक्ष रन्जिता श्रेष्ठलाई पटक(पटक मौखिक अनुरोध गरिए पनि त्यसतर्फ कुनै पहलकदमी नगरेको सदस्यहरूको आरोप छ। श्रेष्ठले चासो नदिएपछि बैठक बोलाउन केन्द्रीय सदस्यहरूले दबाब दिएका हुन्। लामो समयदेखि बैठक नबसेपछि पार्टीलाई गतिशील बनाउन गम्भीर असर परेको उनीहरूको भनाइ छ।

    केन्द्रीय कमिटी बैठक बोलाउन माग गरिएको जानकारी विद्युतीय सञ्चारमाध्यममार्फत अध्यक्ष श्रेष्ठसहित पार्टी शुभेच्छुक, सदस्य र सर्वसाधारणसमेतमा पु¥याउने निर्णय केन्द्रीय सदस्यहरूको बैठकले गरेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार