Nepal Face
  • आइतबार, २८ भाद्र २०८३
  • कार्की बैंक्वेटमा भोलि पूर्वराष्ट्रपति भण्डारीको पत्रकार सम्मेलन


    बिहिबार, साउन ८ २०८२
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । एमालेको केन्द्रीय कमिटी बैठकले सदस्यता नवीकरण नगर्ने निर्णय गरेपछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भोलि (शुक्रबार) पत्रकार सम्मेलन गर्ने भएकी छिन् ।

    शुक्रबार दिउँसो ३ बजे कार्की बैंक्वेटमा पत्रकार सम्मेलन आयोजना गरिएको उनी निकट एक नेताले जानकारी दिए ।

    अध्यक्ष केपी शर्मा ओलीले आफैंले ल्याएको ७० बर्ष उमेर हद र २ कार्यकालपछि नेतृत्वबाट बाहिरिने नीतिको बिरुद्ध तेस्रो कार्यकाल पनि अध्यक्ष हुन खोजेको र त्यसमा पूर्वराष्ट्रपति भण्डारी बाधक देखेपछि केन्द्रीय कमिटी बैठकबाटै उनको सदस्यता नवीकरण नगर्ने निर्णय गरेका छन् ।

    पार्टी केन्द्रीय कमिटी बैठकको निर्णयपछिको परिस्थितिबारे जानकारी गराउने गरी पहिलो पटक पत्रकार सम्मेलन आयोजना गरिएको जनाइएको छ ।

    संविधान र पार्र्टी विधानका विभिन्न धारा देखाउँदै एमालेले उनको सदस्यता नवीकरण हुन नसक्ने निष्कर्ष निकालेको छ । पूर्व राष्ट्रपति भइसकेको व्यक्ति सक्रिय राजनीतिमा फर्किन अशोभनीय हुने एमालेको निष्कर्ष छ ।

    यता पूर्व राष्ट्रपति भण्डारीले आफू अघि बढिसकेकाले खुट्टा नकमाउने बताइसकेकी छन् । नेकपा एमालेको केन्द्रीय कमिटीले सक्रिय राजनीतिमा फर्किन रोक लगाउने निर्णयपछि पूर्व राष्ट्रपति भण्डारीले भावी योजनाका बारेमा केही दिनमै आफ्नो धारणा सार्वजनिक गर्ने बताएकी थिइन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार