काठमाडौं । नेपालमा आज कोरोना भाइरसका १५७ जना सङ्क्रमित थपिएका छन् ।पछिल्लो चौबीस घण्टामा तीन हजार २२१ जनाको पीसीआर परीक्षण गर्दा कोरोना भाइरसका १५७ जना सङ्क्रमित थपिएका हुन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७० हजार ७४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।यस्तै बितेको २४ घण्टामा ३३३ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख ६५ हजार ६९८ पुगेको छ ।
यस्तै नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । यसैगरी नेपालमा अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार २५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।