Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अब निर्वाचनलाई कुनै माइकालालले पनि रोक्न सक्दैनः शिक्षामन्त्री श्रेष्ठ


    शुक्रबार, माघ १६ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले सरकारले घोषणा गरेको निर्वाचनलाई कुनै माइकलालले पनि रोक्न नसक्ने ठोकुवा गरेका छन् । काठमाडौं महानगरपालिका–१४ खड्का गाँउमा निर्माण सम्पन्न भएको खानेपानी परियोजना शिलान्यास गर्दै मन्त्री श्रेष्ठले सो भनाइ सार्वजनिक गरेका हुन् ।  

    ‘सबै दल आन्दोलनको नाममा घरदैलो अभियान भन्दै गाउँ गाउँमा चुनाव प्रचारमा लागिसकेको जिकिर गर्दै अब मुलुक चुनावमय भैसकेको उनको धारणा थियो । 
     उनले यो सरकारले दर्जनांै गौरबका योजना सम्पन्न गर्दा पनि काम गर्न नसकेको आरोप लगाउनु मुर्खता भएको बताउँदै अधिकांश आयोजना यही सरकारले पूरा गरेको दाबी गरेका छन् ।

    तपाईहरु हेर्नुस्, रानीपोखरी बन्यो, धरहरा बन्दैछ, देशका दुई ठूला अन्तराष्ट्रिय विमानस्थल तयार भए, पाइपलाइनबाट तेल आउन थालिसक्यो, रेल सञ्चालन अन्तिम तयारीमा पुगेको छ , ठाउँ ठाउमा सुरुङमार्ग निर्माण भैरहेका छन् भन्नुस् त यो काम कसले ग¥यो ? सबै यही सरकारको प्रगति हो ।

     उनले मुलुकलाई थप विकासको गतिमा लैजाने निर्वाचन अपरिहार्य भएकोले सरकारले आगामी वर्ष बैशाख १७ र २७ गते निर्वाचनको मिति घोषणा गरिसकेको दोहो¥याए  । 
    देशका १ सय ६५ निर्वाचन क्षेत्रमध्ये आफ्नो क्षेत्रमा विकासको लहर ल्याउन सफल भएको दाबी गर्दै उनले भने–मैले गरेको विकास मेरो पार्टीको लागि मात्रै होइन, सबै जनता सबै पार्टी र मेरो निर्वाचन क्षेत्रको लागि हो ।

     करिब साढे २ वर्षको अवधिमा आफूले बलम्बुदेखि दहचोक, रामकोटदेखि भीमढुंगा लगायत सबै क्षेत्रमा विकासका दर्जनौं योजना सम्पन्न हुने कार्य भैरहेको जानकारी गराए ।  
      काठमाडौ निर्वाचन क्षेत्र–९ का संघीय सांसद श्रेष्ठले भने–मेरो निर्वाचन क्षेत्रमा सर्वमान्य नेता गणेशमान, मदन भण्डारीको नाममा पार्क निर्माण भैसकेका छन््, जापान सरकारको सहयोगमा ५० वटा साकुराको बिरुवा ल्याएर खाइके–साकुरा पार्क निर्माण भैसकेको छ, कीर्तिपुर–नैकाप जोड्ने पुल निर्माणको अन्तिम चरणमा पुगेको छ ।

     हरेक स्थानमा बाटो पुगेको छ । दहचोकमा कालु पाण्डेको समाधीस्थलमा पार्क निर्माण भैसकेको छ –मेरो क्षेत्रको जनताको सहयोगमा सबै विकास निर्माणको काम सम्पन्न भएको हो–उनले भने ।

      कार्यक्रममा मन्त्री श्रेष्ठ र काठमाडौ–९ का प्रदेश सांसद डा अजयक्रान्ति शाक्यले संयुक्तरुपमा खानेपानी परियोजनाको शिलान्यास गरेका थिए ।

     कार्यक्रममा खड्कागाउँ खानेपानी उपभोक्ता समितिका अध्यक्ष श्रीहरि खड्काले संघीय स्थानीय पुर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत ५० लाख, प्रदेश साझेदारी कार्यक्रम अन्तर्गत १ करोड ५० लाख, जनस्तरबाट १ करोड २५ लाख र काठमाडौ महानगरपालिकाको १० लाख रुपियाँ लागतमा परियोजना सम्पन्न भएको जानकारी गराएका छन् ।
    सो परियोजना सम्पन्न हुन करिब ५० लाख लाग्ने समितिका अध्यक्ष खड्काले जानकारी गराएका छन् । परियोजना अन्तर्गत हाल  ८ सय ९० घरधुरीमा खानेपानी वितरण भैसकेको छ । समितिका सचिव अमिर खड्काले सबै वडावासीको सहयोगमा परियोजना सफल भएको बताएका छन् ।

     उनले यो क्षेत्रको विकासमा मन्त्री श्रेष्ठ र प्रदेश सांसद शाक्यकोे महत्वपुर्ण योगदान रहेको बताए । शिक्षा, स्वाथ्य र खानेपानी र भौतिक पूर्वाधार विकास गर्न संघ, प्रदेश र महानगरपालिकाले गरेको कामको स्थानीयवासीले खुलेर प्रशंसा गरेका थिए ।

    कार्यक्रममा नेपाली काग्रेसका नेता कुवेर खड्काले परियोजनाको बारेमा जानकारी गराएका थिए । उनले भने, सांसदलाई धन्यवाद छ, हामीले पानी खान पायौं ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार