काठमाडौं । दुई दिनसम्म चलेको नेकपा एमालेको केन्द्रीय कमिटी बैठक पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय गर्दै मंगलबार मध्यरातमा समापन भएको छ ।
बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी राजनीतिमा नफर्कन आग्रह गर्ने निर्णय गरेको छ ।
बैठकले पदीय गरिमा अनुरूप पूर्वराष्ट्रपतिको हैसियतमा सल्लाहकार र अभिभावक बनेर बस्न आग्रह गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरण गर्न नसकिने र राजनीतिमा फर्कन नदिने निर्णय सुनाएका थिए ।
पूर्वराष्ट्रपति भण्डारीले मंगलबार दिउँसो पत्रकारहरुसँग म सक्रिय राजनीतिमा आइसकेँ, पछि हट्ने कुरा हुँदैन भन्ने अभिब्यक्ति दिएकी थिइन् । तर मंगलबार राति नै पार्टी अध्यक्ष ओलीले भण्डारीको सदस्यता नवीकरण नगर्ने निर्णय गरेर उनलाई एमालेमा फर्किने र अध्यक्ष हुने चाहनामा रोक लगाइदिएका छन् । भण्डारीले राष्ट्रपतिको भूमिकामा पठाउन खोज्दा परिवार र बहुसंख्यक कार्यकर्ताले सेरोमेनियल भूमिकामा नजान सुझाव दिंदादिंदै पनि पार्टीले दिएको जिम्मेवारी निर्वाह गरृेको उनले बताएकी थिइन् ।
पार्टी बिधानमा अध्यक्षको कार्यकाल २ बर्ष र ७० बर्ष उमेर हदको ब्यवस्था आफू र ओलीले नै ल्याएको बताइन् । पार्टी बिधानमा भएको त्यो दुबै प्रावधान हटाउन उहाँ(प्रधानमन्त्री) नै लागेको, पार्टीमा कोही पनि उहाँको बिरुद्ध अध्यक्षमा उम्मेदवार हुन तयार नभएकाले पनि आफूले एमालेको नेतृत्वमा आउन चाहेको बताएकी थिइन् । भण्डारीको सदस्यता नवीकरण नगर्ने पार्टीको निर्णयको बिपक्षमा बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीले मात्र बिरोध गरेका थिए ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपाा बनिसकेपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव नेपाल, झलनाथ खनाल, भीमबहादुर रावल, वाामदेव गौतमलाई पनि पन्छाएका थिए । अहिले आएर आफ्नो गुट बनाउन हरतरहले सहयोग गर्ने र सधैं अप्ठेरो परिस्थितिमा साथ दिंदैआएकी पूर्वराष्ट्रपति भण्डारीलाई समेत ओलीले पार्टी सदस्यता नै नवीकरण नगर्ने निर्णय गरेर धोकाधडीको उच्चतम रुप प्रकट गरेका छन् ।
भण्डारीको सदस्यता नवीकरण नगर्ने निर्णयले एमालेको जीवनमा धेरै असर गर्ने संभावना छ । एक बर्षदेखि सरकारको नेतृत्व गरिरहेका ओलीको जनस्तरमा चर्को आलोचन हुँदैआएको छ । सुशासनको अभावका कारण उनको लोकप्रियताको ग्राफ निकै आरोलोमा पुगिसकेको छ । दुई ठूला दलको सरकार भए पनि जनतामा आशा जगाउन नसकेको बेला भण्डारीलाई एमालेमा आउनबाट रोकपछि आगामी २०८४ को निर्वाचनमा एमालेलाई निकै हानी पुग्ने आंकलन गरिएको छ ।
काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) लाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तिय स्वायत्तता प्रदान गर्न ऐन...
काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा अवरुद्ध सडक आंशिक रूपमा सञ्चालनमा ल्याउन तयारी भइरहेको छ । सडकको ग्रेड मिलाउने काम भइरहेकाले केहीबेरमा खाली ग्यास बुलेट...
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको सरकारले पनि जनतामा आशा जगाउने काम गर्न नसकेको बताएका छन्। पार्टीको काठमाडौँ जिल्ला अधिवेशनलाई सम्बोधन...
काठमाडौं । भदौ १० गते आएको विनाशकारी बाढीबाट विस्थापित भएकाहरूलाई सरकारले सहायता रकम उपलब्ध गराउने भएको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भोटेकोशी बाढी...
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बिराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमताल फुटाउन सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन् । आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend