बुटवल । सत्य सेवा सुरक्षणम् भन्ने प्रहरीको मूल मन्त्र हो । तर पछिल्ला दिनमा कतिपय जिल्ला प्रहरी कार्यालयका प्रमुखहरु नै अतिरिक्त कमाइका लागि विवादित जुनियर अधिकृतलाई सादा पोशाकमा खटाएर लाभ लिन तल्लीन हुँदा प्रहरीको छवि धुमिल हुँदै गएको छ ।
कतिपय जिल्लाका एसपीले मातहतका थाना चौकीमा इन्चार्जका रुपमा खटाउने र लाभ लिनेतिर मात्र तल्लीन हुँदा एकपछि अर्को प्रहरी आर्थिक अनियमिततामा मुछिन थालेका छन् । कार्यालय प्रमुखले सादा पोशाकमा खटाएका अधिकांश प्रहरी आर्थिक अनियमिततामा मुछिने गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीअन्तर्गत हिरापुर ब्यारेजका इन्चार्ज (सई) बैद्यनाथ दास घुस डिल गरेको अडियो सार्वजनिक भएपछि निलम्बनमा परे । दास निलम्बनमा परेको २ दिन नबित्दै रकम गन्दै गरेको भिडियो प्रहरी मुख्यालयमा पुगेपछि जिल्ला प्रहरी कार्यालय रुपन्देहीकाका सई प्रकाश राउतलाई छानबिनका लागि प्रहरी प्रधान कार्यालयले बोलाएको छ ।
रकम गन्दै गरेको भिडियो नै मुख्यालयमा पुगेकाले सई राउतलाई छानबिनका लागि तानेको छ । राउत जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट सादा पोशाकमा खटिएका घुमुवा इन्चार्ज हुन्् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी गणेश सापकोटाले बरिष्ठ सई राउतलाई प्रहरी प्रधान कार्यालयले पठाइदिनू भन्ने पत्र आइतबार पठाएको बताए । उनले भने–‘प्रहरी प्रधान कार्यालयले तानेको होइन, बोलाएको हो ।’
पैसा गन्दै गरेको भिडियोबारे उनले त्यस्तो कुरा जानकारी नभएको प्रतिक्रिया दिए । उनी सादा पोशाकमा खटाइएका हुन् भन्ने प्रश्नमा उनले भने–‘सादा पोशाकमा खटिएको टोलीका इन्चार्ज हुन् । उनलाई फरार अपराधीहरु पक्राउ गर्ने जिम्मा दिइएको थियो ।’
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी प्रदीपकुमार क्षेत्रीले बरिष्ठ सई राउतलाई सिभिलमा खटाएका थिए । सिभिलमा खटिएका राउतले रकम गन्दागन्दै गरेको भिडियो प्रकरणले एसपी क्षेत्रीसमेत विवादमा परेका छन् । घुसको रकम गनेको आशंकामा उनलाई प्रहरी प्रधान कार्यालयले छानबिनका लागि बोलाएको बताइएको छ ।
बरिष्ठ सई राउतले पैसा साटेको भिडियो खिचेर आफ्नो बदनाम गरेको प्रतिक्रिया दिएका छन् ।
हेर्नु्स् भिडियो
काठमाडौं । बाढी प्रभावित रसुवाका बालबालिकालाई कुपोषणको जोखिमबाट जोगाउन स्वास्थ्य सेवा विभागले ३० हजार स्याचेट Ready-to-Use Therapeutic Food (RUTF) रसुवा पठाएको छ । बाढीका कारण...
सुयोग शर्मा भदौ १० गते रसुवामा बाढी आयो । स्वास्थ्यका सबै निकाय परिचालन भए तर एकीकृत र प्रभावकारी हुन सकेनन् । कतै स्वास्थ्य सामग्रीको अभाव...
ललितपुर । कारागारमा रहेका व्यक्तिको निर्देशनमा ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको आशंकाबीच सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले ललितपुरको च्यासलबाट १७ हजार ४ सय...
काठमाडौं । देशको राजधानी काठमाडौंको टेकूमा रहेको केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला(सेन्टर ल्याब) को ब्यवस्थापन प्रभावकारी नहुँदा आम नागरिकले दिनहुँ सास्ती ब्यहोर्नुपरेको छ । भरपर्दो र विश्वसनीयका...
काठमाडौं । नेपालमा जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमण र यसबाट हुने मृत्युको अवस्था गम्भीर बन्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उच्च जोखिममा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend