कैलाली, ११ वैशाख । नेपालमा कोरोना संक्रमित ४७ पुगिसकेका छन् । त्यसमध्ये निको भएर फर्किनेको संख्या पनि १० पुगिसकेको छ । आजमात्रै कैलालीकी ५० वर्षीया महिला सेती प्रादेशिक अस्पतालबाट उपचारपछि निको भएर घर फर्किएकी छन् । ५० बर्षीया ती महिला लम्कीचुहा नगरपालिका वडा नम्वर १ की हुन् । उनी चौथो कोरोना संक्रमित हुन् ।
पर्साको वीरगञ्जबाट आएर क्वारेन्टाइन बसेपछि उनको स्वास्थ्य परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।
पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टका दुई जना कोरोना संक्रमितहरु बिहीबार उपचारपछि घर फर्किएका छन् । उनीहरु बेलायतबाट चैत ४ गतेको कतार एयरलाइन्सबाट फर्किएका थिए ।