Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कतारको जेलमा रहेका १७ नेपालीलाई आममाफी


    बिहिबार, बैशाख ११ २०७७
    805
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं, ११ बैशाख । कोरोना भाइरस संक्रमणसँगै विदेशका जेलमा रहेका नेपालीहरु पनि मुक्त भएका छन् ।  कतारमा जेल जीवन बिताइरहेका १७ जना नेपालीले आममाफी पाएका छन् ।

    कोरोना भाइरसको महामारी फैलिएकाले कैदीहरुको स्वास्थ्य र मानवीय अवस्थालाई ध्यानमा राखेर कतारका राजाले विभिन्न जेलमा रहेका १७ नेपाली कैदीहरुलाई आममाफी दिने निर्णय गरेका हुन् ।

    सोही निर्णयअनुसार १७ जना नेपालीले पनि आममाफी पाएका दोहास्थित नेपाली दूतावासले जानाकरी गराएको छ । दूतावासका अनुसार कतारको बन्दी गृहमा रहेका १७ जना नेपाली नागरिकहरु अब रिहा हुनेछन् ।

    रिहा हुनेहरुमा १३ जना लागू औषध कोरोबार, २ जना चोरी, १ जना मादक पदार्थ कारोबार र अर्का एक जना ठगीको कसुरमा सजाय भुक्तान गरिरहेकाहरु छन् ।

    दूताबासको सूचना 

    \"\"

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार