Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अदालतले उपस्थित हुन आदेश दिएपछि अवहेलना मुद्दामा पूर्वसभामुख ढुंगानाले खाेले मुख


    बिहिबार, माघ १५ २०७७
    580
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाले म्याद तामेल भएपछि सर्वोच्च अदालतले माग गरेको लिखित जवाफ दिने बताएका छन् ।

    अदालतको अवहेलनासम्बन्धी रिटमा सर्वोच्चका न्यायाधीश मनोजकुमार शर्माको एक इजलासले बुधबार आफैं लिखित जवाफ पेश गर्न आदेश दिएलगत्तै पूर्वसभामुख ढुंगानाले संचार माध्यमलाई यस्तो प्रतिक्रिया दिएका हुन् ।

    ‘कानून बुझेको व्यक्तिको नाताले विचार तथा अभिव्यक्ति स्वतन्त्रताको प्रयोग गरेको हुँ’ वरिष्ठ अधिवक्तासमेत रहेका ढुंगानाले भने, ‘म्याद तामेल भएपछि रिट निवेदन हेरेर जवाफ दिन्छु।’

    अधिवक्ता राजाराज घिमिरेले पूर्वसभामुख ढुंगाना विरुद्ध अवहेलना रिट दर्ता गरेका थिए ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार