Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नापी अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा


    बिहिबार, माघ १५ २०७७
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको अभियोगमा नापी कार्यालय भैरहवाका तत्कालीन नापी अधिकृत घनश्याम दुवेसमेत तीन जना विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

    आयोगका अनुसार भैरहवाका तत्कालीन नापी अधिकृत दुवे र सर्भेक्षक रामराज यादवले पदको दुरुपयोग गरी बदनियतपूर्वक सरकारी, सार्वजनिक सम्पत्तिको हानीनोक्सानी पु¥याई व्यक्ति विशेषलाई गैरकानूनी लाभ हुने गरी जग्गाको मूल्य रु नौ लाख ८३ हजार ७०० कायम गरेको पाइएको छ ।

    जग्गाधनी मुना पासिनले नापी कार्यालयका कर्मचारीलाई अनुचित प्रभावमा पारी आफू गैरकानूनी लाभ हुने र नेपाल सरकारलाई हानी नोक्सानी पु¥याएको पाइएको छ । आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीका अनुसार आयोगले उनीहरु विरुद्ध रु नौ लाख ८३ हजार ७०० बराबरको भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार