Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्रीसहित पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुखलाई उपस्थित हुन आदेश


    बिहिबार, माघ १५ २०७७
    935
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । अदालतको अवहेलनाको मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीसहित पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुख सर्वोच्च अदालतमा हाजिर हुनुपर्ने भएको छ ।

    न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले ओलीसहित पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुखलाई अदालतमा उपस्थित हुन आदेश दिएको हो ।

    डा. शर्माको इजलासले पूर्वप्रधानन्यायाधीशहरु मीन बहादुर रायमाझी, अनुपराज शर्मा, शुशिला कार्की र कल्याण श्रेष्ठविरुद्धको तथा पूर्वसभामुख दमननाथ ढुङ्गानासमेतलाई अदालतमा हाजिर हुन आदेश दिएको हाे ।

    अदालतमा भएको सुनुवाइ र त्यसमा संलग्न वरिष्ठ अभिवक्तको विषयमा गरेको टिप्पणीले अदालतको अवहेलना भएको भन्दै प्रधानमन्त्री ओलीविरुद्ध वरिष्ठ अधिवक्ता कुमार आचार्य र कञ्चनकृष्ण न्यौपानेले छुट्टाछुट्टै रिट दायर गरेका थिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार