काठमाडौं,११ बैशाख । उदयपुरका स्थानीय राजनीतिक दलले उदयपुरमा नै कोरोना परिक्षण गर्न पाउनु पर्ने माग गरेका छन् । उक्त जिल्लामा मात्रै २७ कोरोना संक्रमित भेटिएपछि जोखिम बढेको भन्दै उनीहरुले सरकारसंग माग गरेका हुन् ।
उदयपुरको गाइघाटमा बसेको राजनीतिक दलहरुको बैठकपछि संयुक्त विज्ञप्ति जारी गर्दै पर्याप्त स्वास्थ्य सामग्री उपलब्ध गराउनसमेत आग्रह गरेका छन् । नेकपा जिल्ला अध्यक्ष विनोद कटुवाल, नेपाली कांग्रेसका जिल्ला सभापति विदुर बस्नेत, समाजवादी पार्टीका अध्यक्ष केशव मगर र राष्ट्रिय जनता पार्टीका केन्द्रीय सचिव खेमनारायण यादवले संयुक्त विज्ञप्ति जारी गर्दै जिल्ला जनस्वास्थ्य कार्याल्य उदयपुरमै परीक्षणको व्यवस्गा मिलाउन आग्रह गरेका हुन् ।
संक्रमितको सम्पर्कमा आएका सबैको परीक्षण गर्नसमेत आग्रह गरेका छन् । उदयपुर डेन्जोर जोन बनेको भन्दै विशेष चासो दिएर उदयपुरमै परीक्षण हुनु पर्ने नेकपा अध्यक्ष कटुवालले बताए ।
हाल कोरोना परीक्षणका लागि स्वाव संकलन गरेर धरान, विराटनगर तथा काठमाडौं पठाउने गरिएको छ ।
काठमाडौँ। सरकारले आज अपराह्न ३ बजे मन्त्रिपरिषद्को बैठक बोलाएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्न लागेको हो। बैठकमा विभिन्न मन्त्रालयबाट मन्त्रिपरिषद्मा पेस भएका...
काठमाडौँ। नेपाली कांग्रेसले निर्वाचन आयोगसमक्ष नवनिर्वाचित केन्द्रीय कार्यसमितिको विवरण बुझाएको छ। कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापा नेतृत्वको कार्यसमितिलाई आयोगमा अध्यावधिक गरिएको हो। निर्वाचन आयोगका...
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले महाअभियोगको विषयमा सत्तापक्षको धारणा र तयारी हेरेपछि मात्रै विपक्षी दलहरूले आफ्नो धारणा बनाउने बताएका छन्...
काठमाडौं। विपक्षी दलहरूको बैठकले तत्काल सङ्घीय संसद्को बैठक बोलाउन सरकारलाई आह्वान गर्ने निर्णय गरेको छ। सोमबार सिंहदरबारस्थित नेपाली काङ्ग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकमा बिचौलियासँग...
काठमाडौँ। नेपाली कांग्रेसको आह्वानमा प्रतिपक्ष दलको बैठक सुरु भएको छ। सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा प्रतिपक्ष दलको बैठक सुरु भएको हो। बैठकमा कांग्रेस संसदीय दलका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend