Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पूर्वसभामुख ढुंगानाविरुद्ध पनि अदालतको अवहेलना मुद्दा


    मंगलबार, माघ १३ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सर्वोच्च अदालतमा पूर्वसभामुख दमननाथ ढुंगानाविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको छ । आजै प्रधानमन्त्री केपी शर्माविरुद्ध पनि अदालतको अवहेलनाविरुद्ध मुद्दा दर्ता भएको छ ।

    ढुंगानाविरुद्ध राजाराम घिमिरेसहित ४ जनाले दिएको अवहेलना मुद्दा सर्वोच्च प्रशासनले मंगलबार दर्ता गरेको हो । पूर्वसभामुख ढुंगानाले केही दिनअघि न्यायाधीशविरुद्ध आपत्तिजनक टिप्पणी गरेको आरोप लागेको छ ।

    संसद विघटनविरुद्ध आयोजित विभिन्न कार्यक्रमहरुमा ढुंगानाले अदालतले शत प्रतिशत संसद ब्युँताउनुपर्ने तर्क गरेका थिए । उनले सडकबाट न्यायाधीश तान्ने दिन आउन सक्छ भनी गरेको टिप्पणी पनि सामाजिक सञ्जालमा चर्चाको विषय बनेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार