Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • नागार्जुनका मेयर बस्नेतलाई ८ बर्ष ३ महिना कैद, २६ करोड २५ लाख सम्पत्ति जफत गर्न आदेश


    सोमबार, असार १६ २०८२
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । नागार्जुन नगरपालिकाका निलम्बित मेयर मोहनबहादुर बस्नेतलाई सम्पत्ति शुद्धीकरण मुद्दामा ८ बर्ष तीन महिना कैद सजाय तोकिएको छ ।

    विशेष अदालतका न्यायाधीश टेकनारायण कुँवर र रामबहादुर थापाको इजलासले सोमबार बस्नेतलाई दोषी ठहर गर्दै भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३(१) बमोजिमको कसुरमा ८ वर्ष र दफा ३०(१) बमोजिम थप ३ महिना कैद सजायको फैसला गरेको हो ।

    बिशेष अदालतले बस्नेतबाट २६ करोड २५ लाख रुपैयाँ सम्पत्ति जफतको फैसला गरेको छ ।

    त्यसैगरी बस्नेतलाई १ करोड ५ लाख रुपैयाँ र पद्मा कोलनीका सञ्चालक राजुप्रसाद कँडेललाई ९ लाख २२ हजार रुपैयाँ पीडित राहत संकलन कोषमा भराउने फैसलासमेत अदालतले गरेको छ ।
    उक्त मुद्दामा बस्नेतसहित कँडेल पनि दोषी ठहर भएका थिए । अदालतले निलम्बित मेयर बस्नेतकी श्रीमती उर्मिलालाई सफाइ दिएको छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बस्नेतले पद्मा कोलोनी र पद्मा मर्चेन्ट कम्पनी प्रालिका सञ्चालक तथा अध्यक्ष राजुप्रसाद कँडेलबाट ९ करोड २२ लाख ४६ हजार ३२ रुपैयाँ ३३ पैसा घुस लिएको भन्दै २०८१ पुस १४ गते मुद्दा दायर गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार