Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • घर पुर्‍याइदिने बहानामा बलात्कार र लुटपाट, फरार अभियुक्त पक्राउ


    सोमबार, माघ १२ २०७७
    745
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। महानगरिय अपराध महाशाखाले शरीर बन्धक बनाई जबरजस्ती करणी र डाँका कसूरका फरार अभियुक्तलाई पक्राउ गरेको छ।

    महाशाखाले गत असोज १५ गते बेलुका ७ बजे परिवर्तित नाम २०७७/२०७८ चौतारा(ङ) लाई घर पुर्‍याई दिने भनी मोटरसाइकलमा राखी लिएर गएकोमा घर तर्फ नलगी अपहरण गरेर जबरजस्ती करणी गरी फरार भएका सिन्धुपाल्चोकका २४ वर्ष कैलाश भन्ने रोहन नेपालीलाई पक्राउ गरेको हो।

    जबरजस्ती करणीको घटनापछि युवतीले लगाएको गरगहना समेत लुटपाट एवं डाँका गरी नेपाली फरार भएका थिए। महाशाखाबाट खटिएको टोलीले नेपालीलाई कलंकीबाट पक्राउ गरी आवश्यक कारवाहीको लागी जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक पठाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार