Nepal Face
  • आइतबार, १० साउन २०८३
  • उदयपुरमा थप एकजनामा कोरोना संक्रमणको पुष्टि, संक्रमित संख्या ४३पुग्यो


    बुधबार, बैशाख १० २०७७
    820
    Shares
  • १ मिनेट पाठ
  • उदयपुर, १० बैशाख । उदयपुरको भुल्केमा थप एक महिलामा कोरोनाभाइरस संक्रमण देखिएको छ। 

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ५५ वर्षीया महिलामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. मोहन सुवेदीले  जानकारी दिए। 

    उनले संक्रमित महिलालाई विराटनगरको कोरोना अस्पताल पठाउने तयारी भइरहेको बताए।यसअघि उनका श्रीमानलाई पनि संक्रमण देखिएको थियो। श्रीमान पनि विराटनगरकै कोरोना अस्पतालमा उपचाररत छन् 

    योसँगै उदयपुरमा कोरोना संक्रमितको संख्या २५ पुगेको छ। उनीहरू सबै भुल्केका हुन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार