Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सखुवाको काठसहित एक जना पक्राउ


    शनिबार, माघ १० २०७७
    875
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । अवैधरूपमा चोरी गरेर मिनीट्रकमा लोड गरी लैजाँदै गरेको अवस्थामा ९९.५१ किवि सखुवाको काठसहित आज एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    दमक नगरपालिका–४ कृष्ण मन्दिरस्थित दक्षिणबाट उत्तरतर्फ को१ख ३०६२ नंको सेतो रङको मिनीट्रक प्रयोग गरी काठ लैजाने इलाम नगरपालिका–२ का २१ वर्षीय गणेश राईलाई प्रहरीले पक्राउ गरेको हो ।

    ट्रकको पछाडिपट्टि क्यारिङको भागमा त्रिपालले छापेर खापा काटेको अवस्थामा चिरान गरेको अवैध सखुवा जातको काठ ल्याउँदै गरेको अवस्थामा राईलाई ताराबारी अस्थायी प्रहरी चौकीले जाँचको क्रममा पक्राउ गरेको हो । बरामद काठ, ट्रकसहित उनलाई आवश्यक कानूनी कारवाहीका लागि आजै डिभिजन वन कार्यालय झापामा बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले बताउनुभयो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार