Nepal Face
  • शनिबार, ३ असोज २०८३
  • दलहरु छलफलमै, सूचना टाँस गरेर सारियो संसद बैठक


    बुधबार, जेष्ठ २८ २०८२
    825
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक पनि नियमित समयमा बस्न नसकेपछि ३:१५ बजेलाई सारिएको छ। दलहरूबीच सदन सञ्चालनको विषयमा सहमति नजुट्दा सूचना टाँस गरी बैठक सारिएको हो।

    भिजिट भिसा प्रकरणमा सत्ता र प्रतिपक्षी दलहरूबीच सहमति नजुट्दा संसद् चल्न सकेको छैन । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठन गर्नुपर्ने लगायतका पाँच बुँदे प्रस्ताव रास्वपाले राख्दै आएको छ ।

    यसलाई सत्तापक्षले स्वीकार नगर्दा संसदको गतिरोध अन्त्य हुन सकेको छैन । सरकारका प्रवक्ता समेत रहेका नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले प्रतिपक्षी दलसँग छलफल भइरहेको बताएका छन् । आज वा भोलिसम्म संसद् चल्ने उनले बताएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार