Nepal Face
  • शनिबार, ३ असोज २०८३
  • सभामुखसहित प्रमुख सचेतकहरूको बैठक निष्कर्ष विहीन


    बुधबार, जेष्ठ २८ २०८२
    700
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रतिनिधि सभामा जेठ १३ गतेदेखिको अवरोध खुलाउने विषयमा सभामुख देवराज घिमिरेको पहलमा बसेको सत्तापक्ष र प्रतिपक्षी दलहरूको बैठकमा कुनै सहमति हुन सकेन।

    सभामुख घिमिरेसहित उपसभामुख इन्दिरा रानामगर, कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरासिया, नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, एमालेका प्रमुख सचेतक महेश बर्तौला, प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डे र प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार सहभागी बैठकमा कुरा मिल्न नसकेको हो।

    प्रतिपक्षीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा भएको भिजिट भिसा सेटिङ प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा, संसदीय समिति वा न्यायिक आयोग बनाउनु पर्ने माग राखिरहेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार