Nepal Face
  • शनिबार, ३ असोज २०८३
  • माओवादीले खोल्यो जति पनि केन्द्रीय सदस्य थप्ने बाटो


    बुधबार, जेष्ठ २८ २०८२
    690
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • कठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिमा जति पनि सदस्य थप्ने बाटो खोलेको छ। माओवादीको जेठ १२ गते बसेको पदाधिकारी बैठकले थप १० प्रतिशत मात्रै केन्द्रीय सदस्य मनोनयन विधानको व्यवस्थालाई निष्क्रिय पार्ने निर्णय गरेको हो।

    यसअघि माओवादीको विधानमा पार्टी एकता वा समायोजन हुँदा सम्बन्धित समितिको कुल सदस्य संख्याको १० प्रतिशतसम्म मात्रै थप्ने व्यवस्था छ। तर, माओवादीले पदाधिकारी बैकपछि जारी गरिएको परिपत्रमा हाललाई उक्त प्रावधानलाई तत्काल निष्क्रिय बनाउने पार्ने उल्लेख छ।

    माओवादीमा अहिले ४०८ जना केन्द्रीय सदस्य छन्। विधानको व्यवस्था अनुसार थप ४० जनाभन्दा बढी थप्न पाइँदैन्थ्यो। परिपत्रपछि अब केन्द्रीय सदस्य जति पनि बनाउने बाटो खुलेको माओवादी केन्द्रका एक नेताले बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार