काठमाडौं । शहरी विकास मन्त्रालयले तरुण दलको भवन निर्माणका लागि ३ करोड रुपैयाँ बजेट छुट्याउने निर्णयको चौतर्फी बिरोध भइरहेको छ ।
काठमाडौं महानगरपालिका १३ नम्बर वडामा तरुण दलको भवन बनाउनका लागि आर्थिक बर्ष २०८२-०८३ को बजेटमा सहरी विकास मन्त्रालयले ३ करोड रुपैयाँ छ्ट्याएको छ ।
गणेशमान सिंह स्मृति भवन शीर्षकमा तरुण दलको भवन बनाउन बजेट छुट्याएकोमा सत्तारुढ दल एमालेका नेता महेश बस्नेतले पनि बिरोध गरेका छन् । उनले सामाजिक संजालमा राज्यकोषबाट जनताको पसिनाको कर उठाएर यसरी खुलेआम ‘दलगत लाभ’ बाँड्ने हो भने शासनप्रणाली र दलहरूमाथि समेत गम्भीर प्रश्न उठ्ने उल्लेख गरेका छन् ।
वीर गणेशमान सिंहको छोरा भएर सहरी विकास मन्त्री प्रकाशमान सिंहले उनको आदर्शको मूल्य यति सस्तो फाल्नु राम्रो होइन भन्ने सुझाव बस्नेतले दिएका छन् ।
बस्नेतले लेखेका छन्
शहरी विकास मन्त्रालयमार्फत नेपाली कांग्रेसको भातृ संगठन तरुण दललाई ३ करोड रुपैयाँ बजेट बिनियोजन भएछ ।
राज्यकोषबाट जनताको पसिनाको कर उठाएर यसरी खुलेआम “दलगत लाभ” बाँड्ने हो भने शासनप्रणाली र दलहरूमाथि समेत गम्भीर प्रश्न उठ्छ ।
वीर गणेशमान सिंहको छोरा, आफ्नै थातथलो लोकतान्त्रिक संघर्षमा, इतिहास बोक्ने नाम थर भएको व्यक्तिले
त्यो नाम र आदर्शको मूल्य यति सस्तोमा फ्याल्नु राम्रो हो त दाजु ?
शासकीय मर्यादाको यो हदको उल्लंघनले तरुणतालाई होइन, सरकारकै नैतिकतालाई खोक्रो बनाउँछ ।
सत्ता सस्तो नबनाउनु दाजु , तपाईँप्रतिको हाम्रो सम्मान नघटोस् !
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने र चलाउने नेतृत्व ९हात० असल हुनुपर्ने बताएका छन्। १२औँ संविधान दिवस (२०८३)को अवसरमा...
धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ ९साविक रमदैया भवाडी गा.वि.स. वडा नं १,५ र ९० का २४२ परिवारले नापजाँच सम्पन्न भएको करिब ९ वर्षपछि जग्गाधनी...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधान कुनै देशको अक्षरहरूको संगालो मात्रै नभई राज्य र नागरिकबीचको पवित्र करार भएको बताएका छन्। संविधान दिवसका...
काठमाडौँ। सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठलाई नियुक्त गरेको छ। आज (शुक्रबार)बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो। यसअघि उनले...
काठमाडौँ। सरकारले शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले बैठकले गरेका प्रमुख निर्णयबारे जानकारी दिएका हुन्। प्रधानमन्त्री तथा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend