रुपन्देही । पाँच हजार घुस लिंदा दुई नापी निरीक्षक पक्राउ परेका छन् । रुपन्देही जिल्ला अदालतमा परेको जग्गा सम्बन्धी मुद्दाको नापजाँच कार्यमा सहजीकरण गरिदिने भनी सोही अदालतका नापी निरीक्षक (सर्वेक्षक) द्वय सुमित चौलागाई र मनोज थापाले सेवाग्राहीसँग ५ हजार रुपैयाँ घुस लिंदालिंदै पक्राउ परेका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिई गएको टोलीले सर्वेक्षकद्वय चौलागाई र थापालाई ५ हजार रुपैयाँ घुससहित शुक्रबार नियन्त्रणमा लिएको छ । रुपन्देहीको कोटहीमाई गाउँपालिका वडा नं १ बोगडियाबाट उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।