Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रचण्ड-माधवको बिरोध प्रदर्शन: काठमाडाैं अस्तब्यस्त


    शुक्रबार, माघ ९ २०७७
    765
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । संसद विघटनविरुद्ध नेकपा (प्रचण्ड–नेपाल) समूहको विरोध प्रदर्शनका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ ।

    मूल सडकमात्र नभई भित्री सडकमा समेत ट्राफिक जाम भएपछि यात्रुहरुले सास्ती पाएका छन् । गाडी नचल्दा यात्रुहरु हिँडेरै गन्तव्यमा गइरहेका देखिन्छन् । कतिपय गाडी पाउने आशमा यात्रु प्रतिक्षालयमा कुरिरहेका देखिन्छन् ।

    140648568_459027792148135_7201569848249016566_n.jpg

    प्रहरीले माइतीघरबाट सर्वोच्च अदालत हुँदै सिंहदरबारतर्फ जाने सडक बन्द गराएको छ । अहिले काठमाडाैंकाे कोटेश्वर, बानेश्वर, डिल्लीबजार, चावहिल, लैनचौर, त्रिपुरेश्वर लगायतका सडकहरू गाडीकाे लामाे लाइन रहेकाे छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार