Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • स्रोत नखुलेको १५ लाखसहित एक जना पक्राउ


    शुक्रबार, माघ ९ २०७७
    855
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । प्रहरीले स्रोत नखुलेको रकमसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-३ घर भइ काठमाडौं महानगरपालिका-६ बौद्ध बस्ने २४ वर्षीय छेवाङ शेर्पा रहेका छन् ।

    शेर्पालाई काठमाडौं महानगरपालिका-२२ न्युरोडबाट स्रोत नखुलेको १५ लाख २६ हजार रुपैयाँ सहित महानगरीय प्रहरी परिसर काठमाडाैंले पक्राउ गरेकाे हाे । शंकास्पद अवस्थामा भेटिएका शेर्पालाई प्रहरीले शरीर तलासी गर्दा नगदसहित पक्राउ गरेकाे हाे । 

    स्रोत नखुलेको रकम गैरकानुनी हुण्डी कारोबारमा प्रयोग हुने गरेको प्रहरीको भनाइ छ। यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेकाे छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार