Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सात किलो पाँचऔंलेसहित एक जना पक्राउ


    बिहिबार, माघ ८ २०७७
    885
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले प्रतिबन्धित जडिबुटी पाँचऔंलेसहित एक जनालाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा ओखलढुंगाको सिद्धिचरण नगरपालिका-२ का ३१ वर्षीय सागर दाहाल रहेका छन् । उनलाई सिआइबीको टोलीले काठमाडौंको महाराजगञ्जबाट सात किलो पाँचऔंलेसहित पक्राउ गरेको हो ।

    प्रतिबन्धित वन पैदावर जडिबुटी अवैध रूपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा दाहाललाई बुधबार पक्राउ गरेको सिआइबीले जनाएको छ।

    पक्राउ परेका दाहाललाई आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय, काठमाडौंमा पठाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार