Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • संसद विघटनको मुद्दा हेर्दाहेर्दैमा, ४ माघपछि वकालतनामा दिएका वकिलले बहस गर्न नपाउने


    बिहिबार, माघ ८ २०७७
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । संसद विघटनविरुद्धको रिटमाथिको सुनुवाई बिहीबार पनि ‘हेर्दाहेर्दै’ मा टुंगिएको छ । रिटमाथिको सुनुवाइ शुक्रबार पुनः सुनुवाइ हुनेछ ।

    बिहीबार रिट निवेदक समृत खरेल, सुलभ खरेल, ज्ञानेन्द्रराज आरण, वरिष्ठ अधिवक्ता प्रा. गुणनिधि न्यौपाने, अधिवक्ता ठगेन्द्र गिरी, ओमप्रकाश अर्याल र टिकाराम भट्टराईले बहस गरेका थिए ।

    यसैबीच प्रतिनिधि सभा विघटनविरुद्ध दायर रिटमा बहसका लागि माघ ४ गतेपछि वकालतनामा दिएका कानुन व्यवसायीले बहस गर्न नपाउने भएका छन् ।

    बिहीबार संवैधानिक इजलासमा रिट निवेदक ज्ञानेन्द्रराज आरणका तर्फबाट बहसका लागि आएका अधिवक्ता वसन्त रिमाललाई बहस गर्नबाट रोकिएको हो ।

    प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले रिमाललाई बहस गर्नबाट रोक्दै माघ ४ गतेपछि आएका वकालतनामालाई अस्वीकार गरिएको जानकारी दिएका थिए । योसँगै प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा माघ ४ अघि वकालतनामा बुझाएका कानुन व्यवसायीले मात्र बहस गर्न पाउने भएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार