Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनको मूल्य तोलामा ६०० रूपैयाँले बढ्यो


    बिहिबार, माघ ८ २०७७
    695
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा आज पनि वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आजका लागि तोकेको मूल्यअनुसार छापावाल सुन तोलामा नै ६०० रूपैयाँले उकालो लागेको छ ।

    प्रतितोला ९२ हजार ५०० मा बुधबार कारोवार भएको छापावाल सुन आज भने ९३ हजार १०० रूपैयाँमा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ ।

    यस्तै तेजाबी सुन प्रतितोला ९२ हजार ६०० मा कारोबार भएको छ । तेजाबी सुन बुधबार तोलामा ९२ हजार रूपैयाँमा कारोबार भएको थियो ।

    यस्तै चाँदी तोलामा १५ रूपैयाँले बढेको छ । तोलाको एक हजार २६० रूपैयाँमा बुधबार कारोबार भएको चाँदी आज भने एक हजार २७५ रूपैयाँ निर्धारण भएको छ । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार