Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भारतले दिएको कोरोनाविरुद्धको खोप काठमाडाैं आइपुग्यो


    बिहिबार, माघ ८ २०७७
    950
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । भारतले अनुदानमा उपलब्ध गराएको कोरोनाविरुद्धको खोप काठमाडौं आइपुगेकाे छ । भारतले नेपाललाई अनुदानमा दिएकाे १० लाख डोज कोरोना खोप केहीबेरअघि एयर इन्डियाको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो ।

    अक्सफोर्ड/एस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप भारतले नेपाललाई दिन लागेको हो ।

    सो खोप विमानस्थलाई नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य मन्त्रालयलाई खोप हस्तान्तरण गर्नेछन् । ती खोपलाई टेकुस्थित स्वास्थ्य सेवा विभागमा भण्डारण गरिनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार