Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • आजको जनप्रदर्शनः सत्तापक्षले भाला देखाए, प्रतिपक्षका ८७ बर्षीय नेताले हात हल्लाए


    बिहिबार, जेष्ठ १५ २०८२
    2.9K
    Shares
    एकातिर ८७ बर्षीय नवराज सुवेदी हात हल्लाउँदै जुुुलुसको नेतृत्व गरिरहेका र अर्कोतिर भाला र तरवार प्रदर्शन गर्दै एमाले सचिव लेखराज भट्ट
    नेपाल फेस
  • २ मिनेट पाठ
  • सम्राट उपाध्याय

    काठमाडौं । जेठ १५ गते गणतन्त्र दिवसका दिन राजधानीमा एकातिर सरकारको नेतृत्व गरेको पार्टीले भाला र तरवार प्रदर्शन गर्यो भने अर्कोतिर राजावादीहरुको संयुक्त जनआन्दोलन समितिले शान्तिपूर्ण जुलुस निकाल्यो ।

    संयुक्त जनआन्दोलन समितिका संयोजक ८७ बर्षका नवराज सुवेदी हात हल्लाउँदै शान्तिपूर्ण जुुलुसको नेतृत्व गरी संयमता देखाए । राप्रपासहितका राजावादीहरुको नेतृत्व गरेको समितिका संयोजक सुवेदीले प्रदर्शनकारी आक्रोशित हुँदा पनि संयमता अपनाएर कार्यक्रम सम्पन्न गरे । सरकारबिरोधी समूह भएकाले जनआन्दोलन समितिको आह्वानमा भएको प्रदर्शन हिंसात्मक हुनुपर्ने हो ।

    समितिले प्रदर्शनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गरेर सकारात्मक सन्देश दिएको छ । तर सरकारको नेतृत्व गरेको पार्टी एमालेले प्रतिकात्मक नै भए पनि तरवार र भाला देखाउनुलाई जनमानसले सकारात्मक दृष्टिले हेर्न सकेको छैन ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंमा राजावादीको प्रदर्शनलाई नियन्त्रणमा लिन नेकपा (एमाले) का कार्यकर्तालाई निर्देशन दिएका थिए । प्रधानमन्त्रीको सोही निर्देशन पालना गर्दै एमाले आज तरबार र ढालसहित प्रदर्शनमा उत्रिएको त होइन ? भन्ने प्रश्न पनि उठेको छ ।

    गणतन्त्र दिवसलाई उत्सवमय रुपमा मनाउने भन्दै एमाले नेता कार्यकर्ताहरुले प्रतिकात्मक तरबार र ढालसहित प्रदर्शन गरेको दाबी गरेका छन् । प्रतिकात्मक नै भए पनि हतियार प्रदर्शन भनेको हिंसालाई प्रोत्साहित गर्नु हो । प्रधानमन्त्रीले नै

    सुदूरपश्चिम कमिटीले निकालेको र्यालीमा तरबार र ढाल प्रदर्शन गरिएको हो । यो र्यालीको अग्रपंक्तिमा एमाले सचिव लेखराज भट्ट लगायतका नेताहरु छन् । उनीहरुले गणतन्त्र जिन्दावाद, नेकपा एमाले जिन्दावाद लगायतका नारा लगाएका छन् ।

    प्रदर्शनमा एमाले नेताकार्यकर्ताहरु साँस्कृतिक झाँकीसहित सहभागी छन् । काठमाडौंका विभिन्न ठाउँबाट निकालिएका र्याली भद्रकाली, शहीदगेट, बीर अस्पताल, रत्नपार्क हुँदै पुनः भृकुटीमण्डपमा आएर कोण सभामा परिणत भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार