एकातिर ८७ बर्षीय नवराज सुवेदी हात हल्लाउँदै जुुुलुसको नेतृत्व गरिरहेका र अर्कोतिर भाला र तरवार प्रदर्शन गर्दै एमाले सचिव लेखराज भट्ट
सम्राट उपाध्याय
काठमाडौं । जेठ १५ गते गणतन्त्र दिवसका दिन राजधानीमा एकातिर सरकारको नेतृत्व गरेको पार्टीले भाला र तरवार प्रदर्शन गर्यो भने अर्कोतिर राजावादीहरुको संयुक्त जनआन्दोलन समितिले शान्तिपूर्ण जुलुस निकाल्यो ।
संयुक्त जनआन्दोलन समितिका संयोजक ८७ बर्षका नवराज सुवेदी हात हल्लाउँदै शान्तिपूर्ण जुुलुसको नेतृत्व गरी संयमता देखाए । राप्रपासहितका राजावादीहरुको नेतृत्व गरेको समितिका संयोजक सुवेदीले प्रदर्शनकारी आक्रोशित हुँदा पनि संयमता अपनाएर कार्यक्रम सम्पन्न गरे । सरकारबिरोधी समूह भएकाले जनआन्दोलन समितिको आह्वानमा भएको प्रदर्शन हिंसात्मक हुनुपर्ने हो ।
समितिले प्रदर्शनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गरेर सकारात्मक सन्देश दिएको छ । तर सरकारको नेतृत्व गरेको पार्टी एमालेले प्रतिकात्मक नै भए पनि तरवार र भाला देखाउनुलाई जनमानसले सकारात्मक दृष्टिले हेर्न सकेको छैन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंमा राजावादीको प्रदर्शनलाई नियन्त्रणमा लिन नेकपा (एमाले) का कार्यकर्तालाई निर्देशन दिएका थिए । प्रधानमन्त्रीको सोही निर्देशन पालना गर्दै एमाले आज तरबार र ढालसहित प्रदर्शनमा उत्रिएको त होइन ? भन्ने प्रश्न पनि उठेको छ ।
गणतन्त्र दिवसलाई उत्सवमय रुपमा मनाउने भन्दै एमाले नेता कार्यकर्ताहरुले प्रतिकात्मक तरबार र ढालसहित प्रदर्शन गरेको दाबी गरेका छन् । प्रतिकात्मक नै भए पनि हतियार प्रदर्शन भनेको हिंसालाई प्रोत्साहित गर्नु हो । प्रधानमन्त्रीले नै
सुदूरपश्चिम कमिटीले निकालेको र्यालीमा तरबार र ढाल प्रदर्शन गरिएको हो । यो र्यालीको अग्रपंक्तिमा एमाले सचिव लेखराज भट्ट लगायतका नेताहरु छन् । उनीहरुले गणतन्त्र जिन्दावाद, नेकपा एमाले जिन्दावाद लगायतका नारा लगाएका छन् ।
प्रदर्शनमा एमाले नेताकार्यकर्ताहरु साँस्कृतिक झाँकीसहित सहभागी छन् । काठमाडौंका विभिन्न ठाउँबाट निकालिएका र्याली भद्रकाली, शहीदगेट, बीर अस्पताल, रत्नपार्क हुँदै पुनः भृकुटीमण्डपमा आएर कोण सभामा परिणत भएको छ ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
मोहनकुमार घिमिरे संघीय निजामती सेवा ऐन मुलुकको प्रशासन चलाउने एउटा अर्को कानुनमात्र होइन, यो राज्य र निजामती कर्मचारीबीचको सम्बन्ध, जिम्मेवारी, अधिकार, सेवा–सर्त र उत्तरदायित्व निर्धारण...
सम्राट उपाध्याय काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई शनिबार मध्यराति प्रहरीले नियन्त्रणमा लियो । ब्यवहारिक रुपमा जबरालाई पक्राउ गरिए पनि सैद्धान्तिक रुपमा सुरक्षा प्रदान गरेको दाबी...
सुयोग शर्मा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा बिपद ब्यवस्थापन सम्बन्धी बृहत् छलफल संवाद कार्यक्रम मिनी कुम्भमेला आयोजना गरिएको थियो । जसमा पूर्व महानिर्देशक, सचिव, पूर्व...
क्षितिजविक्रम खनाल नेपाली समाजमा हरितालिका तीज केवल एउटा धार्मिक पर्वमात्र होइन, यो नारी जीवनको आध्यात्मिक, सामाजिक र सांस्कृतिक आयामसँग गहिरो रूपमा जोडिएको जीवन्त परम्परा हो...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend