Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रहरी पेट्रोल पम्प भ्रष्टाचार काण्ड, ठूलालाई उन्मुक्ति दिन चलखेल


    बिहिबार, माघ ८ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरीको कल्याण कोष पेट्रोल पम्प नक्सालमा कार्यरत असई दिलीप कार्कीलाई १ करोड ८ लाख रुपैयाँ बढी रकम हिनामिना गरेको आरोपमा छानबिन गरिरहेको छ ।

    असई कार्कीको बयानका आधारमा आयोगले कल्याण कोष पेट्रोल पम्प नक्सालमा कार्यरत लेखापाल र इन्स्पेक्टरहरु माथि पनि छानबिन सुरु गरेको छ । तर पेट्रोल पम्पको हिसाबकिताब रेखदेखका लागि राखिएका चार्टड एकाउन्टेन्ट र एसपी माथि भने छानबिन गरेको छैन । जसका कारण सानालाई ऐन, ठूलालाई चैन भन्ने उखान चरितार्थ हुन पुगेको छ ।

     असई कार्कीले आर्थिक वर्ष २०७४÷७५ र २०७५÷७६ मा गरी १ करोड ८ लाख ९९ हजार १८४ रुपैयाँ हिनामिना गरेको प्रतिवेदनसहित २०७७ साउन २९ गते अख्तियारमा कारबाहीका लागि सिफारिस गरेको थियो । आईजीपी शैलेस थापा क्षेत्रीले पद सम्हालेको चार दिनमै पेट्रोल पम्पको रकम हिनामिना गर्ने कार्कीलाई कारबाही गर्न अख्तियारमा पत्र पठाएका थिए ।

    अख्तियारले अनुसन्धान गर्ने क्रममा चारजना इन्स्पेक्टरहरुसमेत तानिने भएका छन् । प्रहरीमा लेखापालका रुपमा काम गरी सम्पत्ति कमाएको आरोपमा टक्कर स्वाँर, विष्णु पोखरेललगायत पेट्रोल पम्पको हाकिम रहेकाहरु छानबिनमा पर्ने भएको अख्तियार श्रोत बताउछ । श्रोतका अनुसार, दुई आर्थिक वर्षमा पेट्रोल पम्पमा लेखापाल रहेका सईहरु पनि तानिदैछन् ।

    हिनामिनाको रकम पनि १ करोडमात्र नभएर १० औं करोड रहेको अनुसन्धानका क्रममा खुलेको अख्तियार श्रोतले बताएको छ । प्रहरी प्रधान कार्यालयले एक कनिष्ठ अधिकृत कार्कीको मात्र पेट्रोल पम्पको हिनामिनामा संलग्नता रहेको भनि कारबाहीको लागि पठाए पनि अनुसन्धानका क्रममा लेखापाल र पम्पका इञ्चार्ज इन्स्पेक्टरहरु समेतको मिलेमतो देखिएको अख्तियार श्रोतको दाबी छ ।

    तर हरेक दिनको हिसाबकिताब राख्ने चार्टर्ड एकाउन्टेन्ट र कल्याण महाशाखा प्रमुख एसएसपीलाई भने छानबिन नगर्नुलाई आश्चर्य मानिएको छ । पेट्रोलपम्पमा हिसाबकिताब गर्नका लागि करारमा चार्टर्ड एकाउन्टेन्ट नियुक्ति गरिएको छ । तर उनले हिसाबकिताब कसरी हेरेका थिए त ? करोडौं हिनामिना भएको पनि थाहा नपाउने चार्टर्ड एकान्टेन्टमाथि पनि प्रहरी प्रधान कार्यालयले कारबाहीका लागि प्रक्रिया अगाडि बढाउनुपर्नेमा ढाकछोप गर्न खोजेको आरोप छ ।

    एसएसपी लव विष्टपछिका कल्याण महाशाखा प्रमुख लालमणि आचार्य र टेकबहादुर तामाङ  छानबिनको दायरामा पर्ने कि नपर्ने भन्ने प्रश्न पनि उठेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार