तस्वीर : रासस
फुङ्लिङ। नगदे वालीका रुपमा प्रसिद्ध पहाडी क्षेत्रको मुख्य आमदानीको स्रोत मानिएको अलैँचीले भने जस्तो मूल्य नपाउँदा अलैँची कृषक चिन्तित छन् । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ लेलेप गाउँका किसान बगानमा अलैँची टिप्दै गर्दा पनि अलैंचीको मूल्य घटेकोमा चिन्तित देखिन्छन् ।
केही वर्ष अगाडि प्रति मन रु एकलाख २० हजारमा खरिद बिक्री भएको अलैँची यस वर्ष रु २४ हजारमा बिक्री गर्नुपर्दा अलैँची कृषक निरास भएका छन् ।केही वर्ष यतादेखि अलैँचीको मूल्यमा क्रमशः उतारचढाव आइरहेको छ ।