Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ललितपुर मालपोतमा अख्तियारको निगरानीः ४० हजार घुससहित नासु पक्राउ


    बुधबार, माघ ७ २०७७
    990
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । भूमिसुधार तथा मालपोत कार्यालय लगनखेल, ललितपुरमा कार्यरत नायब सुब्बा मन्दिपकुमार श्रेष्ठ र लेखापढी व्यवसायी रमेशलाल श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ४० हजार रुपैयाँ घुससहित मंगलबार नियन्त्रणमा लिएको छ ।
     सेवाग्राहीको जग्गा हालसाविकको क्रममा ट्रायल चेक गर्दा नक्सा अनुसार क्षेत्रफल बढी भएकाले सो मिलाउनको लागि उनीहरुले घुस मागेका थिए । अख्तियारबाट खटिएको टोलीले नासु श्रेष्ठ र लेखापढी ब्यवसायी रमेशलाल श्रेष्ठलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार