काठमाडौं । बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण बिभागका महानिर्देशक कुमारप्रसाद दाहाल कालाबजारीया ब्यापारी र चर्को शुल्क लिने निजी स्कुलमा अनुगमन गरी नियमन गर्न दिनरात लागिरहेका छन् । एमआरपी भन्दा पाँच गुणासम्म महंगो मूल्यमा सामान बिक्री गर्नेहरुलाई बाणिज्य बिभागले छापा हान्दै कारबाही सुरु गरेको छ ।
निजी स्कुलहरुले मनपरी शुल्क अभिभावकहरुसँग असुल्ने गरेकोमा बिभागले अनुगमन सुरु गरेको छ । बिगतमा अनुगमन ठप्पप्रायः रहेको बिभागको नेतृत्वमा दाहाल पुगेपछि गतिशील बनाएका छन् । तर बिभागभित्र उनलाई सहयोग गर्ने टीम भने बिगतकै भएकाले उनले सोचे अनुसार सफलता प्राप्त गर्न सकेका छैनन् ।
बिभागका निर्देशक भरत आचार्य प्रशासन शाखामा कार्यरत छन् । प्रशासन शाखाका समेत प्रमुख हुन् उनी । प्रशासन शाखाले बिभागभित्रको प्रशासनिक कामकारबाही गर्दछ । तर उनी शाखाभन्दा बाहिरको काममा बढी केन्द्रित देखिने गरेको आरोप छ । डाइरेक्ट सेलिङ(नेटवर्किङ ब्यापार), फर्म शाखा, आयात निर्यात र अनुगमन शाखाको कामकारबाहीमा बढी चासो राख्ने गरेका आचार्य हरेक शाखाबाट बिगतमा जस्तै अदृश्य अतिरिक्त आम्दानीको हिस्सााको समेत आशा राख्ने गर्दछन् । उनको यस्तो कार्यशैलीप्रति शाखाका कर्मचारीहरुसमेत हैरान छन् ।
उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीका प्रमुख स्वकीय सचिव आनन्द भट्टसँग निकट रहेका आचार्य उनकै सल्लाहबमोजिम चल्ने गरेको आरोप छ । बिभागमा हुने अदृश्य आम्दानीको हिस्सा मन्त्रीको सचिवालयले समेत पाउनुपर्ने पैरवी गर्दैआएका आचार्य अनुगमन शाखाको नेतृत्व हत्याउन दिलोज्यान दिएर लागेका छन् ।
अनुगमन शाखाका निर्देशक जगदिश अर्यालको सरुवा हालै संचार मन्त्रालयमा भएसँगै उक्त शाखामा जान उनी मन्त्री भण्डारीको सचिवालयमार्फत् दबाब दिइरहेका छन् ।
तत्काललाई महानिर्देशक कुमारप्रसाद दाहालले आयात निर्यात शाखाका डिकबहादुर कार्कीलाई अनुगमन शाखासमेत हेर्ने जिम्मेवारी दिएका छन् । बिभागको सूचना अधिकारीसमेत अनुगमन शाखाको
निर्देशक रहने ब्यवस्था छ । गुनासो टिपाउने बिभागको ११३७ नम्बर सूचना अधिकारीले प्रयोग चलन छ । यस हिसाबले उक्त नम्बरको मोवाइल डिकबहादुर कार्कीले प्रयोग गर्नुपर्ने हो, तर कुनै सरोकार नै नभएका आचार्यले उक्त नम्बर प्रयोग गर्दैआएका छन् ।
देशभरबाट उपभोक्ताले गुनासो राख्ने उक्त नम्बर उनले प्रयोग गर्न थालेपछि रिसिभ नै नहुने गरेको आमगुनासो छ । उद्योग मन्त्रालयको प्रशासन शाखाका हाकिमहरुसँग घनिष्ठ सम्बन्धकै कारणले गर्दा बिभागमा आचार्यले चर्को हस्तक्षेप गर्दैआएको आरोप छ ।
मन्त्री, मन्त्रीको सचिवालय र मन्त्रालयको प्रशासन शाखाको नाम बेचेर अतिरिक्त आम्दानीमा तल्लनी रहँदैआएका आचार्यको रवाफका कारण बिभागमा कर्मचारीहरु काम गर्न सशंकित छन् । अनुगमन शाखाका अधिकृतद्वय विश्वराज दाहाल र लोकराज सुवेदीले मच्चाएको अर्को आतंकले सेवाग्राही हैरान छन् ।
बाणिज्य बिभागबाट उपसचिव जगदिश अर्यालको संचार मन्त्रालयमा बहिर्गमनसँगै उद्योग बिभागबाट पनि शाान्ता मरासिनीको सरुवा भएको छ । उद्योग बिभागमा अर्थमन्त्रालयको राजस्व सचिव दिनेश घिमिरेकी धर्मपत्नी उर्मिला खतिवडाको सरुवा भएको छ । तर उद्योग बिभागका महानिर्देशक राजेश्वर ज्ञवाली अमेरिका भ्रमणमा भएका कारण उनको शाखा तोकिएको छैन ।
बिभागमा शान्त स्वभावकी शान्ताको सरुवा हुनु र उग्र र हरेक काम दामबिना नगर्ने निर्देशक सोम गौतम रहिरहनुलाई सेटिङको परिणामका रुपमा लिइएको छ । गौतम पनि मन्त्री भण्डारीकै स्वकीय सचिव भट्टलाई खुसी पारी टिकिरहन सफल भएका छन् । गौतम हरेक शक्तिकेन्द्रलाई रिझाउनसक्ने खुबी भएका उपसचिव हुन् ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend