Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ५० प्रतिशत अनुदानमा बीउ बितरण गर्दै चाँगुनारायण नगरपालिका


    मंगलबार, बैशाख ९ २०७७
    685
    Shares
  • २ मिनेट पाठ
  • भक्तपुर, ९ बैशाख।  चाँगुनारायण नगरपालिकाले अाजदेखि वडा कार्यालयमा बीउ विजन वितरण गरेकाे छ ।   कोरोना भाईरस (कोभिड–१९)  राेकथामकाे लागि जारि भएकाे लकडाउनले बजारसम्म बीउ विजन किन्न जाने अबस्था नभएपछि नगरले ५० प्रतिशत अनुदानमा बीउ बितरन गर्न थालेको हो  ।                                                        नगरले किसानलाई लक्षित गरि मकै, धान तथा भटमासको बीउ बितरन गरेको नगर प्रमुख सोम प्रसाद मिश्रले जानकारी दिए ।

    उनले बिउ नपाएर समस्यामा परेका नगरभित्रका कृषकहरुको लागि विउ विजनको मूल्यमा ५० प्रतिशत नगरपालिका र ५० प्रतिशत कोरोना भाईरस संक्रमणको जोखिमलाई ख्याल राखेर सामाजिक तथा भौतिक दुरी कायम गरि खेतीपातीको काममा लाग्न समेत नगर सम्पुर्ण कृषक दाजुभाईहरुलाई आग्रह गर्नुभएको छ ।

    नगरपालिकाबाट ९ वटै वडा कार्यालयहरुलाई आवाश्यक सूचना प्रवाह गरि भिडभाडरहित तवरबाट वितरण कार्य शुभारम्भ गर्न निर्देशन दिईसकेको जानाकारी गराउदै नगर भित्रका सम्पुर्ण कृषकहरुलाई सम्बन्धित वडा अध्यक्ष सँग समन्वय गरि आवाश्यक विउ विजन लिन चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत चिरन्जिवि तिम्सिनाले अनुरोध समेत गरेका छन् ।

    आजै सम्र्पुण वडा कार्यालयहरुमा मकैको विउ पठाईने र बाँकी धान,फापर,भटमास लगायत कृषकहरुको मागबमोजिम विउ विजन एक हप्ता भित्र सम्बन्धित वडा कार्यालयमा पठाई सकिने प्रमुख प्रशासकिय अधिकृत तिम्सिनाले अवगत गराए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार