काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको बटेश्वर गाउँपालिका कार्यालयमा छापा मारेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयको टोलीले सोमबार गाउँपालिका कार्यालयमा छापा मारेर अलपत्र र सेटिङका योजनाका फाइल नियन्त्रणमा लिएको हो ।
अख्तियारले अलपत्र योजनाका कागजातहरू उपलब्ध गराउन पटक(पटक पत्राचार गरे पनि कार्यालयले अटेर गरेको थियो । मंगलबार अख्तियारको टोली नै कागजात नियन्त्रणमा लिन पुगेको थियो । तर, फाइल राखेको दराजको साँचो डेढ महिना अघि भ्रष्टाचार मुद्दा विशेषमा दर्ता भएपछि निलम्बित लेखाअधिकृत सुमनपुरीसँग रहेको भन्दै कर्मचारीहरूले दिन मानेका थिएनन् ।
अख्तियारका एक कर्मचारीका अनुसार झन्डै चार घण्टासम्म कागजात नदिएपछि दराजको ताल्चा फुटाएरै कागजात लग्ने चेतावनी दिएपछि खोलेर फाइल दिएको थियो ।
अनियमितताको कारण कर्मचारीले काम नगर्न मानेपछि चार वर्षदेखि अलपत्र परेका गाउँपालिका कार्यालय अगाडिको अधुरो महादेव मन्दिर, वडा नं।–१ स्थित लक्ष्मी माध्यमिक विद्यालयको चार कोठे अधुरो भवन लगायत आधा दर्जन बढी योजनाको फाइल अख्तियारले नियन्त्रणमा लिएको कार्यालयका एक कर्मचारीले बताए ।
काठमाडौँ । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले सर्वोच्चको फुलकोर्ट बोलाएका छन् । आज इजलास बस्नु अगाडि शर्माले फुलकोर्ट बोलाएका हुन् । पछिल्लो समय प्रधानन्यायाधीश शर्मा र...
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर र बानेश्वर वितरण केन्द्रअन्तर्गतका विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्यका लागि आज काठमाडौँका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द...
काठमाडौँ। सशस्त्र प्रहरी बल, नेपालले बिदा तथा अनुमति नलिई कार्यस्थलमा अनुपस्थित रहेका सात जना सशस्त्र प्रहरी कर्मचारीलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन निर्देशन दिएको...
काठमाडौँ। सरकारले उपभोक्तालाई सामान तथा सेवा खरिद गर्दा बिल लिन प्रोत्साहित गर्ने उद्देश्यले सञ्चालन गरेको करदाता प्रोत्साहन कार्यक्रमलाई विस्तार गर्ने भएको छ। अब बिल लिने...
सिन्धुली । राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक कृष्णकुमार रिजाल कार्यकक्षबाटै पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend