काठमाडौं । राष्ट्रबैंकको गभर्नर पद रिक्त भएको अढाई महिना बितिसक्दा पनि सरकारले नियुक्त गर्न सकेको छैन । दुई ठूला दल सम्मिलित दुईतिहाईको सरकारले गभर्नर नियुक्त गर्न नसक्दा बिभिन्न किसिमका आशंकाहरु उत्पन्न हुन थालेका छन् ।
गभर्नर नियुक्तिमा बिचौलियाहरुले ठूलो रकमको चलखेल भएका आरोपहरु समेत विपक्षी पार्टीहरुले लगाउन थालेका छन् । आइतबार मात्रै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद रोशन कार्कीले संसदमा नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा अरबौं रकमको डिल भइरहेको सुन्नमा आएको बताइन् । उनले भनिन्–‘यो सरकार भ्रष्टाचारमा लिप्त भएको छ । गभर्नर नियुक्तिमा ३ अरब रुपैयाँ बढाबढ भइरहेको छ रे !
कांग्रेसले गभर्नर आफ्नो कोटामा नियुक्ति गर्नुपर्ने अडान राख्दै राष्ट्रबंंैककै कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई अगाडि सार्यो । तर भट्टको राजीनामा निमित्त गभर्नर निलम ढुंगानाले स्वीकृत नगरेपछि उनको संभावना टरेको छ ।
यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले गभर्नर नियुक्तिमा अरबौैंको चलखेल भएको आरोप लगाएका थिए । गभर्नर नियुक्ति हुनका लागि ज्ञानेन्द्र ढुंगनाले नबिल बैंकबाट राजीनामा नै दिएर मैदानमा उत्रिएका थिए । उनलाई गभर्नर बनाउन ब्यापारी विनोद चौधरीले जतिसुकै खर्च गर्न तयार रहेको चर्चा बजारमा हुँदैआएको छ ।
ढुंगानालाई गभर्नर बनाउन परराष्ट्र मन्त्री आरजु राणासम्म उक्त प्रस्ताव पुर्याएको स्रोत बताउँछ । नबिल बैंकको मुनाफा विदेशमा लान सहजताका लागि चौधरी ढुंगानालाई गभर्नर बनाउने दाउमा रहेको भनिन्छ । तर प्रधानमन्त्री केपी शर्मा ओली भने ढुंगानालाई गभर्नर बनाउन सकारात्मक नभएकाले उनको संभावना टरेको थियो ।
त्यसो त कांग्रेसको कोटाबाट गभर्नरमा प्रस्ताव गरिएको छ । गभर्नर हुनका लागि उनी पनि योग्य नभएको भन्दै अदालतमा मुद्दा पर्यो । अदालतले रिट दरपीठ गरेको भए पनि उनले कृषि बिषयमा पीएचडी गरेकाले गभर्नर हुन चाहिने योग्यता उनमा नभएको भन्नेहरु छन् ।
राष्ट्रबैंकको गभर्नरका लागि मौद्रिक र बित्तीय नीति पढेको अर्थशास्त्रको ज्ञाता हुनुपर्ने ब्यवस्था छ । मौद्रिक र बित्तीय नीति उनको बिषय नै होइन ।
काठमाडौं । सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन, २०५२ कार्यान्वयन गर्ने क्रममा काठमाडौं महानगरपालिका वडा नं ४,५,८,९,१०,१२...
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको समूहले १५औं महाधिवेशन खुलामञ्चमा गर्ने भएको छ । देउवा समूहले २१–२३ मंसिरका लागि निर्धारण गरेको महाधिवेशन खुलामञ्चमा गर्ने...
काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जिज्ञान कुमार थापाबारे निर्णय लिन संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको भएको छ । सुनुवाइ समितिको सचिवालयका अनुसार प्रस्तावित राजदूत...
काठमाडौं । चर्चित टिकटककर तथा तुलसा कलेक्सनकी सञ्चालक तुलसी अधिकारी (तुल्सा) लाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । आपराधिक लाभ, संगठित अपराध...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend