Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • गभर्नर नियुक्तिमा ३ अर्बको चलखेल भइरहेको छः राप्रपा सांसद रोशन कार्की


    आइतबार, जेष्ठ ४ २०८२
    1.1K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रबैंकको गभर्नर पद रिक्त भएको अढाई महिना बितिसक्दा पनि सरकारले नियुक्त गर्न सकेको छैन । दुई ठूला दल सम्मिलित दुईतिहाईको सरकारले गभर्नर नियुक्त गर्न नसक्दा बिभिन्न किसिमका आशंकाहरु उत्पन्न हुन थालेका छन् ।

    गभर्नर नियुक्तिमा बिचौलियाहरुले ठूलो रकमको चलखेल भएका आरोपहरु समेत विपक्षी पार्टीहरुले लगाउन थालेका छन् । आइतबार मात्रै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद रोशन कार्कीले संसदमा नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा अरबौं रकमको डिल भइरहेको सुन्नमा आएको बताइन् । उनले भनिन्–‘यो सरकार भ्रष्टाचारमा लिप्त भएको छ । गभर्नर नियुक्तिमा ३ अरब रुपैयाँ बढाबढ भइरहेको छ रे !

    कांग्रेसले गभर्नर आफ्नो कोटामा नियुक्ति गर्नुपर्ने अडान राख्दै राष्ट्रबंंैककै कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई अगाडि सार्यो । तर भट्टको राजीनामा निमित्त गभर्नर निलम ढुंगानाले स्वीकृत नगरेपछि उनको संभावना टरेको छ ।

    यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले गभर्नर नियुक्तिमा अरबौैंको चलखेल भएको आरोप लगाएका थिए । गभर्नर नियुक्ति हुनका लागि ज्ञानेन्द्र ढुंगनाले नबिल बैंकबाट राजीनामा नै दिएर मैदानमा उत्रिएका थिए । उनलाई गभर्नर बनाउन ब्यापारी विनोद चौधरीले जतिसुकै खर्च गर्न तयार रहेको चर्चा बजारमा हुँदैआएको छ ।

    ढुंगानालाई गभर्नर बनाउन परराष्ट्र मन्त्री आरजु राणासम्म उक्त प्रस्ताव पुर्याएको स्रोत बताउँछ । नबिल बैंकको मुनाफा विदेशमा लान सहजताका लागि चौधरी ढुंगानालाई गभर्नर बनाउने दाउमा रहेको भनिन्छ । तर प्रधानमन्त्री केपी शर्मा ओली भने ढुंगानालाई गभर्नर बनाउन सकारात्मक नभएकाले उनको संभावना टरेको थियो ।

    त्यसो त कांग्रेसको कोटाबाट गभर्नरमा प्रस्ताव गरिएको छ । गभर्नर हुनका लागि उनी पनि योग्य नभएको भन्दै अदालतमा मुद्दा पर्यो । अदालतले रिट दरपीठ गरेको भए पनि उनले कृषि बिषयमा पीएचडी गरेकाले गभर्नर हुन चाहिने योग्यता उनमा नभएको भन्नेहरु छन् ।

    राष्ट्रबैंकको गभर्नरका लागि मौद्रिक र बित्तीय नीति पढेको अर्थशास्त्रको ज्ञाता हुनुपर्ने ब्यवस्था छ । मौद्रिक र बित्तीय नीति उनको बिषय नै होइन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार