जनकपुर । स्थानीय तह कर्मचारी संघ, नेपाल मधेश प्रदेशको दोस्रो अधिवेशन सम्पन्न भएको छ । शनिबार सुरु भएर आइतबार सम्पन्न भएको अधिवेशनले रामइश्वरी रायको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ ।
कार्यसमितिको उपाध्यक्ष(महिला)मा प्रतिज्ञा बैद्य, सचिवमा मन्जित यादव, सहसचिवमा डम्बरनारायण यादव, सहसचिवमा राजनारायण यादव र कोषाध्यक्षमा विमल जोशीलाई चयन गरेको छ ।
त्यसैगरी सदस्यहरुमा सरिता परियार, सुजनदास पटेल, कविता बस्नेत, शेष अरिफ, गणेशकुमार यादव छन् । बाँकी ४ जना सदस्य कार्यसमितिले पछि मनोनीत गÞर्ने जनाइएको छ ।
स्थानीय तह कर्मचारी संघ नेपालको मधेश प्रदेश र सर्लाही जिल्ला अधिवेशनको प्रमुख अतिथि मधेश प्रदेशका खेलकुद तथा समाजकल्याण मन्त्री प्रमोद जैसवाल थिए । विशेष अतिथिका रुपमा स्थानीय तह कर्मचारी संघका अध्यक्ष नारायणप्रसाद शर्मा, पूर्वअध्यक्ष हरिकुमार श्रेष्ठ, महासचिव शम्भु बराल लगायत थिए ।
त्यसैगरी, स्थानीय तह कर्मचारी संघ नेपाल सर्लाही जिल्लाको चौथो अधिवेशन पनि आइतबारै सम्पन्न भएको छ । संघको सर्लाही जिल्ला अधिवेशनले ा रामध्यान राय अध्यक्षतामा कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्ष(महिला)मा शिक्षा न्यौपानेलाई चयन गरेको छ ।
त्यसैगरी सचिवमा चन्द्रेश्वर यादव, सहसचिवमा सुरेश सहनी, कोषाध्यक्षमा अबधेस झा चयन भएका छन् ।
सदस्यहरुमा क्रमशः रुपेशप्रसाद यादव, अशोक गुप्ता , सीताराम पाण्डे, उपेन्द्र महतो, देवनारायण शाह र रामचन्द्र राय चयन भएका छन् ।
काठमाडौं । बोरिङ र मोटर जडान गर्ने कार्यका लागि ७ लाख ५० हजार घुस लिने भूमिगत जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय सर्लाहीका डिभिजन...
काठामाडौं । सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी गरी हटाइएकाहरुलाई वालेन्द्र शाह सरकारले धमाधम नियुक्ति दिइरहेको छ । वालेन्द्र शाह प्रधानमन्त्री भएपछि...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । एक अर्ब भन्दा बढी मूल्य पर्ने काठको अबैध र अनियमित कटान, मुछान, घाटगद्दी र लिलाम गर्ने ३ जनाबिरुद्ध उजुरी परेको र अख्तियार...
काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त भएका छन्। अध्यादेश ल्याएर भूपेन्द्र भण्डारीलाई अध्यक्षबाट पदमुक्त गरिएपछि घिमिरे नै निमित्त अध्यक्षको जिम्मेवारीमा थिए। पछिल्लो मन्त्रिपरिषद्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend