काठमाडौं । व्यापारी अमित अग्रवाल जेल चलान भएका छन् । बैंकिङ कसुर र चेक अनादरका दुईवटा मुद्दामा दोषी ठहर भई अदालतले तोकेको डेढ करोड जरिवाना तिर्न नसकेपछि उनी जेल चलान भएका हुन् ।
मंगलबार स्वयम्भूबाट पक्राउ परेका अग्रवाललाई काठमाडौं जिल्ला अदालतले डिल्लीबजार कारागार पठाएको प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपीलराज बोहराले जानकारी दिए ।
काठमाडौं महानगरपालिका ३० बस्ने ४७ वर्षका अग्रवाललाई २०८० जेठ २२ गते बैंकिङ कसुर मुद्दामा ३० दिन कैद र एक करोड ५० लाख रुपैयाँ जरिवाना हुने फैसला भएको थियो । २०८० असार २१ गते चेक अनादरको मुद्दामा ३ हजार जरिवाना र २०८० फागुन २४ गते चेक अनादरकै अर्को मुद्दामा ४ हजार जरिवानाको फैसला भएको थियो ।
काठमाडौँमा ब्रान्डेड मदिराको व्यापार गर्ने ग्रिनलाइन सेन्टरका सञ्चालक अग्रवाललाई २०७८ फागुनमा पनि पक्राउ गरेर अनुसन्धान गरेको थियो । तर धरौटीमा रिहा भएका अग्रवाल फैसलापछि भने फरार रहँदै आएका थिए ।
एजेन्सी । ब्राजिलमा चौथोपटक वाममन्थी नेता लुइज इनासियो लुला डा. सिल्भा राष्ट्रपतिमा निर्वाचित भएका छन् । आइतबार भएको दोस्रो चरणको निर्वाचनमा उनले दक्षिणपन्थी उम्मेदवार फ्लाभियो...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ । आजदेखि सुरु हुने एनपीएलको तेस्रो संस्करणको फाइनल मङ्सिर ५ गते हुने...
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट चादी वस्तु अन्दाजी १५ किलोसहित भारतीयहरुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी राटोमाटोबाट प्रहरी...
काठमाडौँ। सप्तकोशी नदीमा यात्रु बोकेको मोटरबोट पल्टिँदा पाँच वर्षीया बालिकासहित तीन जनाको मृत्यु भएको छ। आइतबार दिउँसो दुई बजेतिर भोजपुरको कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend