Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लकडाउन उल्लंघन गर्दै अमेरिकामा प्रदर्शन


    मंगलबार, बैशाख ९ २०७७
    835
    Shares
  • २ मिनेट पाठ
  • एजेन्सी, ९ बैशाख ।

    अमेरिकामा लकडाउनको विरोध गर्दै नागरिकहरु प्रदर्शनमा उत्रिएका छन् । कोरोना रोकथामको नाममा सबैकुरा ठप्प पार्नु सरकारको अनावश्यक निर्णय भन्दै विभिन्न प्रान्तका मानिसहरु नाराबाजीसहित प्रदर्शनमा उत्रिएका हुन् ।

    विरोधमा उत्रिएका एक समूहको नेताले बीबीसीसँग भने,’हाम्रो प्रान्त खुला गरियोस्, नत्र हामी आफै यसलाई खोल्न बाध्य हुन्छौं ।’

    सोमबारको ह्वाइट हाउस ब्रिफिङमा राष्ट्रपति डोनाल्ड ट्रम्पले विरोधकर्ताको समर्थनमा बोले । भने,’उनीहरुको जीवन खोसिएको छ । यी मानिस आफ्नो देशलाई माया गर्छन् र काममा फर्कन चाहन्छन् ।’ भलै गभर्नरहरुले भने कोरोना संक्रमण अझै फैलने चुनौती कम नभएसम्म लकडाउन जारी राख्नु पर्ने बताएका छन् ।

    जबकि कोरोना संक्रमितको संख्या अमेरिकामा सबैभन्दा बढी छ । जोन हप्किन्स विश्वविद्यालयका अनुसार त्यहाँ ७ लाख ८४ हजार ५९९ मा संक्रमण पुष्टि भइसकेको छ । कोरोना संक्रमणकै कारण मृत्यु हुनेको संख्या ४२ हजार १३८ पुगेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार