काठमाडौं । भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्य र भारतीय सेनाका चिफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावतबीच भेटवार्ता भएकाे छ ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली ३ दिने भ्रमणका लागि भारत पुग्नुभन्दा अगाडि आचार्य र रावतबीच भेटवार्ता भएकाे हाे ।
नेपाली दूतावासका अनुसार उक्त भेटवार्तामा दुई पक्षीय सम्बन्धका बारेमा कुराकानी भएको थियाे ।