Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • दश किलो गाँजासहित श्रीमान्-श्रीमती पक्राउ


    बुधबार, पुष २९ २०७७
    780
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • जनकपुरधाम । लागुऔषध गाँजासहित एक दम्पतीलाई सर्लाहीमा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको गौशाला नगरपालिका ३ बस्ने ५० वर्षीय नवलकिशोर साह र उनकी पत्नी ४० वर्षीया उर्मिला देवी साह छन् ।

    जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी मदन कुँवरले ज ११ प ७९७१ नम्बरको मोटरसाइकलमा सवार साह दम्पतीलाई ईश्वरपुर नगरपालिका-१३ स्थित रेल्वे फाँटको बाटोबाट पक्राउ गरिएको जानकारी दिए ।

    मोटरसाइकललाई रोकेर चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट १० किलो गाँजा बरामद भएपछि नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको डीएसपी कुँवरले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार