Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • कुलमानलाई हटाएको भन्दै महोत्तरीमा नागरिक समाजको खबरदारी


    आइतबार, बैशाख ७ २०८२
    1.4K
    Shares
    filter: 0; fileterIntensity: 0.0; filterMask: 0; brp_mask:0; brp_del_th:null; brp_del_sen:null; delta:null; module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 8;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 45;
    नेपाल फेस
  • २ मिनेट पाठ
  • विशाल बस्नेत

    महाेतरी । बिद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङलाई सरकारले प्रतिशाेध पुर्ण ढंगले हटाएको भन्दै महोत्तरीको बर्दिवासमा नागरिक समाजले खवरदारी र्‍याली गरेका छन् ।

    सरकारले लोडसेडिङ्गलाई प्रोत्साहन गर्ने उदेश्यले घिसिङ्गलाई हटाएको भन्दै वेथितिका विरुद्ध सवै जना एकजुट हुनुपर्ने आव्हान सहितको खवरदारी र्‍याली गरेका हुन् । बर्दिवास उधोग बाणिज्य संघ, जनजाती महासंघ लगायतका संस्थाहरुको आयोजनामा बर्दिवास शहरको पश्चिमतर्फवाट प्रारम्भ भएको र्‍याली बजार परिक्रमपछि कोणसभामा परिणत गरिएको थियो ।

    कोणसभालाई सम्बोधन गर्दै बर्दिवास उधोग बाणिज्य संघका अध्यक्ष बिष्णु खडकाले सरकारको पक्ष-विपक्ष भन्दा पनि वेथितिका विरुद्ध खबरदारी भएको धारणा राखे  कुलमानलाई हटाएदेखी अघोषित लोडसेडिङ भएको जिकिर गर्दै जनप्रतिनिधिहरुले जनताको पक्षमा काम गर्न नसकेको आरोप लगाए ।

    त्यस्तै होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीका अध्यक्ष गोपाल कार्कीले षडयन्त्रपुर्ण ढंगले लोडसेडिङ्ग हुनेतर्फ उनमुख भएको प्रती आक्रोश व्यक्त गरेका छन  । `व्यावसायी र सर्वसाधारण हितविपरित सरकारका निर्णयहरु गलत दिशातर्फ अगाडि बढेका छन्´ अध्यक्ष कार्कीले भने, `खबरदारी गरेर सरकारका गलत निर्णयहरुका विरुद्ध एकजुट हुनुपर्छ जुन जनहित विपरित छन् ।´

    जनजाती माहासंघ महोत्तरीका अध्यक्ष धननारायण श्रेष्ठले पनि सरकार जनपक्षीय बन्न नसकेको प्रति आक्रोश व्यक्तसमेत गरेका छन् । पार्टीको झोला फ्याकेर हाम्रा भन्दा पनि राम्रालाई साथ दिनुपर्ने वताउदै अन्यायको विरुद्ध पार्टीभन्दा माथी उठनुपर्ने अध्यक्ष श्रेष्ठले जिकिर गरे ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार