filter: 0; fileterIntensity: 0.0; filterMask: 0; brp_mask:0;
brp_del_th:null;
brp_del_sen:null;
delta:null;
module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 8;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 45;
विशाल बस्नेत
महाेतरी । बिद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङलाई सरकारले प्रतिशाेध पुर्ण ढंगले हटाएको भन्दै महोत्तरीको बर्दिवासमा नागरिक समाजले खवरदारी र्याली गरेका छन् ।
सरकारले लोडसेडिङ्गलाई प्रोत्साहन गर्ने उदेश्यले घिसिङ्गलाई हटाएको भन्दै वेथितिका विरुद्ध सवै जना एकजुट हुनुपर्ने आव्हान सहितको खवरदारी र्याली गरेका हुन् । बर्दिवास उधोग बाणिज्य संघ, जनजाती महासंघ लगायतका संस्थाहरुको आयोजनामा बर्दिवास शहरको पश्चिमतर्फवाट प्रारम्भ भएको र्याली बजार परिक्रमपछि कोणसभामा परिणत गरिएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै बर्दिवास उधोग बाणिज्य संघका अध्यक्ष बिष्णु खडकाले सरकारको पक्ष-विपक्ष भन्दा पनि वेथितिका विरुद्ध खबरदारी भएको धारणा राखे कुलमानलाई हटाएदेखी अघोषित लोडसेडिङ भएको जिकिर गर्दै जनप्रतिनिधिहरुले जनताको पक्षमा काम गर्न नसकेको आरोप लगाए ।
त्यस्तै होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीका अध्यक्ष गोपाल कार्कीले षडयन्त्रपुर्ण ढंगले लोडसेडिङ्ग हुनेतर्फ उनमुख भएको प्रती आक्रोश व्यक्त गरेका छन । `व्यावसायी र सर्वसाधारण हितविपरित सरकारका निर्णयहरु गलत दिशातर्फ अगाडि बढेका छन्´ अध्यक्ष कार्कीले भने, `खबरदारी गरेर सरकारका गलत निर्णयहरुका विरुद्ध एकजुट हुनुपर्छ जुन जनहित विपरित छन् ।´
जनजाती माहासंघ महोत्तरीका अध्यक्ष धननारायण श्रेष्ठले पनि सरकार जनपक्षीय बन्न नसकेको प्रति आक्रोश व्यक्तसमेत गरेका छन् । पार्टीको झोला फ्याकेर हाम्रा भन्दा पनि राम्रालाई साथ दिनुपर्ने वताउदै अन्यायको विरुद्ध पार्टीभन्दा माथी उठनुपर्ने अध्यक्ष श्रेष्ठले जिकिर गरे ।
काठमाडौं । सरुवा भएर नयाँ जिम्मेवारीमा जानुपर्ने कर्मचारी पालिकामै बसेपछि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३ पालिकाका प्रमुख प्रशासकीय अधिकृतको...
काठमाडौँ । वैदेशिक रोजगार विभागले श्रम स्वीकृति प्राप्त नगरी हवाई टिकट नकाट्न वैदेशिक रोजगारीमा जाने श्रमिकलाई आग्रह गरेको छ। विभागले शुक्रबार अत्यन्त जरुरी सूचना जारी...
काठमाडौँ। गृह मन्त्रालयले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन-प्याब्सन) निलम्बन गरेको छ। मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै अर्को निर्णय नभएसम्मका लागि निलम्बन...
काठमाडौ । नेपाल–ताईवान संघले भोटेकोशी बाढिपीडत राहतकोषमा ३२ लाख ४४ हजार रुपैयाँ सहयोग गरेको छ । शुक्रबार युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवलाई...
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको समूहले १५औं महाधिवेशन खुलामञ्चमा गर्ने भएको छ । देउवा समूहले २१–२३ मंसिरका लागि निर्धारण गरेको महाधिवेशन खुलामञ्चमा गर्ने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend