Nepal Face
  • आइतबार, १० साउन २०८३
  • हनुमान जन्मोत्सव शोभायात्रा झडप, एसपीसहित १४ प्रहरी घाइते


    शनिबार, चैत्र ३० २०८१
    2.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • बीरगञ्ज । हनुमान जन्मोत्सवको अवसरमा बीरगन्जमा निकालिएको शोभायात्राका क्रममा दुई समुदायबीचको झडपलाई नियन्न्त्रणमा लिंदा जिल्ला प्रहरी पर्साका एसपी गौतम मिश्रसहित १४ प्रहरी घाइते भएका छन् ।

    शोभायात्राले नगरपरिक्रमा गर्ने क्रममा बीरगन्जको छपकैया पुगेपछि दुई समुदायबीच झडप भएको हो । स्थिति तनावग्रस्त बनेपछि जिल्ला प्रशासन कार्यालय पर्साले कफ्र्यु जारी गरिसकेको छ । आक्रोशित भीडले छपकैयास्थित श्रीराम हल अगाडिको आधा दर्जन बिरयानी हाउसमा तोडफोड र आगजनी गरेको थियो ।

    पर्सा प्रहरीले बल प्रयोगमा अत्याधिक संयमता अपनाएको छ । झडपका कारण स्थिति तनावग्रस्त बनेपछि प्रहरीले दर्जन बढी सेल अश्रुग्याँस प्रहार गरेको थियो । प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई फायर पनि गरेको थियो ।

    पर्साका एसपी गौतम मिश्रका अनुसार झडपका क्रममा प्रहरीतर्फ कम्तीमा १७ जना घाइते भएका छन् भने प्रदर्शनकारीतर्फ मानवीय क्षति भएको छैन । तर भौतिक क्षति भएको प्रहरीले जनाएको छ । झडपका क्रममा पर्साका एसपी गौतम मिश्रको हातमा चोट लागेको छ ।

    यस्तै सशस्त्र प्रहरीका डीएसपी पनि र करिब एक दर्जन स्थानीय बासिन्दा घाइते भएका छन् । साथै प्रहरी र प्रशासनले दुवै समुदायलाई संयमता अपनाउन अनुरोध गरेको छ । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार पूर्वमा वीरगन्ज–१५ मा रहेको भेडियाही चोक, पश्चिममा वीरगन्ज–२५ को सिर्सिया चोक, उत्तरमा बीगरन्ज–१४ को गण्डक चोक र दक्षिणमा वीरगन्ज(१६ को शंकराचार्य चोकसम्म कफ्र्यु लगाइएको छ ।

    दुई समुदायबीच झडप भएर स्थिति तनावग्रस्त बनेपछि प्रशासनले साँझ ७.३० बजेदेखि लागू हुनेगरी आइतबार दिउँसो १२ बजेसम्म कफ्र्यु आदेश जारी गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार