कालिकोट, ८ बैशाख । दुर्गम जिल्ला कालिकोटमा पहिलो चरणको कोरोना परीक्षण सकिएको छ । कोरोना संक्रमितको खोजीमा गाउँ गएको स्वास्थ्यकर्मीको टोली जिल्ला फर्किएको छ ।
भारतलगायतका विभिन्न देशबाट फर्किएका व्यक्तिलाई लक्षित गर्दै स्वास्थ्य सेवा कार्यालय कालिकोटको नेतृत्वमा जिल्ला अस्पतालमा कार्यरत डाक्टरसहितको स्वास्थ्यकर्मीको पहिलो चरणको र्यापिड टेस्ट सम्पन्न गरी जिल्ला फर्किएको हो ।
टोलीले सोमबारसम्म जिल्लाका ९ वटै स्थानीय तहमा गरी ३ सय १० जना विदेशबाट फर्किएका व्यक्तिको र्यापिड टेस्ट गरेको छ । स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत तथा सूचना अधिकारी कटकबहादुर महतका अनुसार पहिरो चरण जिल्लाका ९ वटै स्थानीय तहमा ३ सय १० जनाको र्यापिड टेस्ट गरिएको छ ।
ती सबैजनाको र्यापिड टेस्ट रिपोर्ट नेगेटिभ आएको छ ।