Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विकासका लागि ओलीको विकल्प छैनः मन्त्री महतो


    शनिबार, पुष २५ २०७७
    725
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • जलेश्वर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोले तराई मधेशको विकासका लागि प्रधानमन्त्री केपी ओलीको विकल्प नरहेको बताएकी छन् । महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित विग्ही नदीमा नव निर्मित पुलको शिलान्यास गर्दै मन्त्री महतोले प्रधानमन्त्री ओलीकै कार्यकालमा तराई मधेशमा थुप्रै विकासका योजना आएको र बहुप्रतिक्षित हुलाकी सडक जस्तो तराईको ‘लाइफलाइन’को काम पनि द्रुतगतिमा अगाडि बढेकोले यहाँको विकासका लागि ओलीमात्र विकल्प भएको बताएकी छन् ।

    उनले भौतिक विकासका लागि पुल, पुलेसा, नदीनाला, सडक तथा शैक्षिक औद्योगिक र कृषि विकासका लागि पनि अर्बौ रुपैयाँको बजेट प्रधानमन्त्री ओलीकै कार्यकालमा आएको भन्दै तराई मधेशको चौतर्फी विकासका लागि उनको महत्वपूर्ण भूमिका रहेको बताउन पछि परिनन् । । नेकपा नेताहरु रामदयाल मण्डल र नेता रामआधार कापरले प्रधानमन्त्री केपी ओली नेतृत्वको पार्टीमा कुनै विवाद नरहेको र देश नयाँ दिशामा अगाडि बढिरहेकोले तोकिएको मितिमा हुन गइरहेको निर्वाचनमा सबै जनतालाई सहभागिता जनाई सहयोग गर्न अपिल गरेकी छन् ।

    मटिहानी–८ स्थित विग्ही नदीमा नेपाल सरकारको रु सात करोड, ६७ लाख २६ हजार २०१ बयानब्बे पैसमा ५० मिटर लामो पुल निर्माण भइरहेको छ र सो पुल कालिका कन्स्ट्रक्सन प्रालि भरतपुर चितवनले गरिरहेको छ ।,

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार