Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पैसा छरेको आरोप लागेका महिलामा कोरोना नभएको पुष्टि


    आइतबार, बैशाख ७ २०७७
    775
    Shares
  • १ मिनेट पाठ
  • जनकपुरधाम, ७ बैशाख। गत शुक्रबार जनकपुरधामको महाबीर चोकमा पैसा छरेको आरोप लागेको महिलामा कोरोना संक्रमण नभएको पाइएको छ ।

    पैसा छरेको आरोपमा पक्राउ परेका दुई जना महिलामध्ये एक जनामा ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी)विधिबाट परीक्षण गर्दा कोरोना एन्टीबडी पोजेटिभ देखिएको थियो ।

    तर ती महिलाका प्रयोगशालामा आरटी पीसीआर विधिबाट कोरोना संक्रमण परीक्षण गर्दा कोरोना संक्रमण नभएको पाइएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए ।

      उनीहरु १० रुपैयाँको १५ वटा नोट छरेर यी दुई महिला फरार भएका थिए ।

    यी दुबैलाई प्रहरीले शनिबार जनकपुरधाम वडा नम्बर ७ जानकीनगरबाट नियन्त्रणमा लिई प्रादेशिक अस्पतालमा ¥यापिड टेस्ट गराएको थियो । ¥यापिड टेस्ट पोजेटिभ देखिएपछि उनीहरुलाई अस्पतालको आइसोलेसनमा राखिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार